२०८२, ७ फाल्गुन बिहीबार

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ : नेता श्रेष्ठ

जनताले अनुभूति गर्ने गरी सरकारले काम गर्छ : नेता श्रेष्ठ


गोरखा, १४ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता नारायणकाजी श्रेष्ठले सवै जनताले अनुभूति गर्ने गरी विकास र समृद्धिको दिशामा सरकारले काम गरिरहेको दाबी गर्नुभएको छ । गोरखाको बारपाकमा आज प्रभु बैंकको शाखा कार्यालयको उद्घाटन कार्यक्रममा नेता श्रेष्ठले भन्नुभयो, “सङ्घीय सरकार बनेको नौ महीना मात्र भएको छ, अहिले नै सरकारले काम गर्न सकेन भन्नु गलत हो ।” शिक्षा, स्वस्थ, रोजगारी, खाद्यान्न र आवासको समस्याबाट कोही पनि पीडित हुन नपर्ने गरी विकसित नेपालको निर्माणका लागि सरकार लागि परेको उहाँले बताउनुभयो ।

“विकास र समृद्धिको प्रतिफल आम जनताले आफ्नै पोल्टामा अनुभूति गर्ने गरी परिवर्तन आवश्यक छ”, उहाँले भन्नुभयो, “तर त्यसका लागि केही समय लाग्छ ।” वर्तमान सरकारले सबैखालका विदेशी हस्तक्षेपलाई बन्द गरी आफ्नो भाग्य र भविस्य निर्माणका लागि आफैँ निर्णय गर्ने हैसियतमा नेपाली जनतालाई पु¥याएको नेता श्रेष्ठको भनाइ छ । “विदेशीसँग सहयोग लिन्छौँ, मित्रता कायम गर्छौं तर हस्तक्षेप स्वीकार गर्दैनाँै भन्ने एउटा नीति लागू भएको छ, यो सरकारले गरेको सबैभन्दा महत्वपूर्ण काम हो”, पार्टीका प्रवक्तासमेत रहनुभएका नेता श्रेष्ठले भन्नुभयो ।

संविधानमा सबै नागरिकका लागि ३१ वटा मौलिक हकको व्यवस्था गरेको भए पनि कानून नबनाई त्यसको कार्यान्वयन सम्भव नभएकाले सरकारले कानून निर्माण गरिसकेको उहाँले बताउनुभयो । त्यस्तै सरकारले सबै मजदूर तथा श्रमजीवी जनताको जीवनस्तरमा परिवर्तन ल्याउन योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम ल्याएको उहाँको भनाइ छ ।

नेता श्रेष्ठले भूकम्पपछिको पुनःनिर्माणका काम पछिल्लो चरणमा तीव्रगतिमा अघि बढेको भन्दै लाभग्राहीको सूचीमा नपरेका वास्तविक भूकम्पपीडितको गुनासा तत्काल सम्बोधन हुने बताउनुभयो । “भूकम्पले क्षति पु¥याएका जो वास्तविक भूकम्पपीडित छ, जसको घर क्षति भएको छ र घरमा बस्न सक्ने स्थिति छैन भने एक जना पनि नछुट्ने गरी काम हुन्छ”, उहाँले भन्नुभयो, “त्यसका लागि प्राधिकरणले सबै जिम्मा स्थानीय तहलाई दिइसकेको छ ।”

शैक्षिक बेरोजगारलाई व्यवसाय सञ्चालन गर्नेगरी प्रमाणपत्र धितो राखेर ऋण दिन शुरु गरेको उहाँले बताउनुभयो । “यो महत्वपूर्ण काम हो”, नेता श्रेष्ठले भन्नुभयो, “यसले युवालाई स्वरोगार बनाउन भूमिका खेल्छ ।” उहाँले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारालाई पूरा गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबै राजनीतिक मिलेर दल प्राप्त उपलब्धिलाई रक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १४ पुस शनिबार  ८ : ४२ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि