२०८३, २४ आश्विन आईतबार

‘सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव’:मन्त्री विष्ट

‘सामाजिक सुरक्षाको कार्यान्वयनबाटै समृद्धि सम्भव’:मन्त्री विष्ट


काठमाडौँ, १२ पुस :श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षा योजनाको प्रभावकारी कार्यान्वयनबाट मुलुकले आर्थिक समृद्घि हासिल गर्न सक्ने बताउनुभएको छ ।

घरेलु तथा साना उद्योग महासङ्घ र होमनेट नेपालले आज यहाँ आयोजना गरेको ‘अनौपचारीक क्षेत्रका श्रमिक, गरीबको सामाजिक तथा आर्थिक सुरक्षाका लागि उपलब्ध नीतिको कार्यान्वयन’ विषयक गोष्ठीमा उहाँले भन्नुभयो, “मुलुकमा सञ्चालित उद्योगको रुपान्तरणका लागि त्यहाँ कार्यरत श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउनुपर्छ ।” मन्त्री विष्टले अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याइने उल्लेख गर्दै समान कामका लागि समान ज्याला पाउनुपर्ने मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेले उद्योगको उत्पादनमा लाग्ने लागत घटाउन र उत्पादकत्वमा वृद्घि गर्ने विषय सामाजिक सुरक्षाको कार्यान्वयनमा निर्भर गर्ने बताउनुभयो । घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष सूर्य कँडेलले ढिलै भए पनि मुलुकमा सामाजिक सुरक्षाको ठोस कार्यक्रम आएकामा खुसी व्यक्त गर्दै आर्थिक क्रान्तिका लागि घरेलु तथा साना उद्योग व्यवसायको प्रवद्र्घन गरिनुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ८ : ५३ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको