२०८२, २५ फाल्गुन मंगलबार

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ


काठमाडौँ, १२ पुस : अष्टे«लियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् ।

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले आज भएको तेस्रो खेलमा सिड्नी सिक्सविरुद्ध दुई विकेट लिन सफल भएका छन् । चार ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर दुई विकेट लिन सफल भएका हुन् । उनले सिड्नी सिक्सक मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए ।

आजको खेलमा दुई विकेट लिएपछि प्रतियोगितामा उनको विकेट सङ्ख्या सात पुगेको छ । उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन् । सन्दीपले पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध दुई तथा दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिएका थिए ।

-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ५९ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल