२०८२, ४ माघ आईतबार

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ

लगातार तेस्रो खेलमा सन्दीपको उत्कृष्ट बलिङ


काठमाडौँ, १२ पुस : अष्टे«लियामा त्यहाँको बिग बास लिग खेलिरहेका नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले लगातार तीन खेलमा विकेट लिन सफल भएका छन् ।

मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले आज भएको तेस्रो खेलमा सिड्नी सिक्सविरुद्ध दुई विकेट लिन सफल भएका छन् । चार ओभर बलिङ गर्दै सन्दीपले मात्र १८ रन खर्चेर दुई विकेट लिन सफल भएका हुन् । उनले सिड्नी सिक्सक मोइसेस हेनरिक्स र टम कुरनलाई पेभेलियन फर्काए ।

आजको खेलमा दुई विकेट लिएपछि प्रतियोगितामा उनको विकेट सङ्ख्या सात पुगेको छ । उत्कृष्ट फर्ममा रहेका सन्दीप प्रतियोगिताको अहिलेसम्म सबैभन्दा बढी विकेट लिने पहिलो स्थानमा छन् । सन्दीपले पहिलो खेलमा सिड्नी थण्डरविरुद्ध दुई तथा दोस्रो खेलमा होबार्ट हुरिकेन विरुद्ध तीन विकेट लिएका थिए ।

-रासस

प्रकाशित मिति : २०७५, १२ पुस बिहीबार  ६ : ५९ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ