२०८३, १२ भाद्र शनिबार

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री ओली

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, ११ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल (सङ्घीय संसद् र राष्ट्रिय सभा)को बैठकमा उहाँले राजनीतिक आन्दोलनको उपलब्धि संस्थागत गर्नुपर्ने बताउनुभयो । “२००७ सालमा राणा विरोधी आन्दोलन सफल भयो तर त्यसको उपलब्धिको संरक्षण भएन । २०४६ सालको आन्दोलन सफल भयो त्यसको पनि उपलब्धि संस्थागत भएन,” उहाँले भन्नुभयो, “२०६२÷६३ को जनआन्दोलनका उपलब्धिलाई पनि संस्थागत र सफल हुन नदिने मनसाय बोकेका केही मानिसहरु छन् । तिनको मनसाय पूरा हुन दिनुहुँदैन ।”

प्रधानमन्त्री ओलीले आजदेखि शुरु संसद्को अधिवेशन विधेयक अधिवेशन भएकाले सरकारले संसद्मा पेश गरेका विधेयकहरुको गहन अध्ययन गर्न र त्यसमा सुझाव दिन सांसदहरुलाई निर्देशन दिनुभएको छ । “विधेयकहरु पारित भएपछि कानूनको रुपमा आउँछन् । त्यस कारण यसको गहन अध्ययन गर्नुहोस् । पार्टी नीति र सिद्धान्तअनुसार आफ्ना कुराहरु राख्नुहोस्,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले सांसदलाई सरकारका काम कारवाहीका बारेमा जानकार हुन र विपक्षीले चलाएका निराधार हल्लाको खण्डन गर्न निर्देशनसमेत दिनुभएको छ । “सरकारले राम्रो काम गरिरहेको छ । विपक्षीले चलाएका हल्लाको पछि नलाग्नुहोस्,” उहाँले भन्नुभयो, “मन्त्रीहरुले पनि सांसदलाई मन्त्रालयले गरेका राम्रा कामहरुको जानकारी दिनुहोस् ।”
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ७ : ०९ बजे

अग्रजको विरासत र सिन्धुलीमा नयाँ महिला नेतृत्व

समुदायको विकास, सामाजिक परिवर्तन र जनताको अधिकारका लागि नेतृत्वको प्रश्न

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा