२०८३, २ आश्विन शनिबार

नेविसंघको बैठकमा खुकुरी प्रहार

नेविसंघको बैठकमा खुकुरी प्रहार


वीरगञ्ज, ११ पुस : पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेपछि उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

रोशन सिंह भनिने मुन्ना सिंहले समिर मन्सुरीलाई खुकुरी हानेको आरोप लागेको छ । तर बचाउन गएका उपाध्यक्ष समिर हुसैनलाई खुकुरीले लागेको प्रत्यक्षदर्शीले बताएका छन् । कांग्रेसभित्रको गुट उपगुटका कारण विद्यार्थीहरुबीच खुकुरी हान्नेसम्मको घटना भएको कांग्रेसका एक नेताले बताए ।

वीरगञ्ज श्रीपुरस्थित नेपाली काँग्रेस पर्साको पार्टी कार्यालयमा गाउँ अधिवेशन गराउन प्रतिनीधि छनौट गर्ने विषयमा बैठक बसेको थियो । बैठकमा कस कसले कुन–कुन गाउँपालिकाको जिम्मा लिने भन्ने विषयमा सहमति गरेर आउनका लागि समय दिइएको थियो । आवश्यक सर–सल्लाह गरेर दुई घण्टा पछि बस्ने बैठकमा नाम दिन भनिएको थियो ।

दुवै पक्षले बाहिरबाट आफ्नो समूह ल्याएका कारण समस्या उत्पन्न भएको नेपाली काँग्रेसका सचिव श्याम पटेलले जानकारी दिए । ‘मिटिङमा खासै केही भएको थिएन, दुई घण्टापछि नाम लिएर आउने भनेर बैठक स्थगित भएको थियो । बाहिर निस्केर झगडा गरेछन्’ उनले भने ‘नेविसंघ र नेपाली काँग्रेसलाई नचिनेका केटाहरुका कारण समस्या भएको हो । उनीहरुले हामीलाई चिन्दैनन्, हामी उनीहरुलाई चिन्दैनौं ।’

स्थिति तनावपूर्ण भएपछि नेपाली काँग्रेस पर्साका जिल्ला सचिव श्याम पटेल, कोषाध्यक्ष ईम्तियाज आलम, नगर कार्यपालिका सदस्य अरविन्द गुप्ता, नेता राकेश यादव, विद्यार्थी नेता जीवन सापकोटा लगायतले खुकुरी हान्नेलाई कारबाही गर्ने आश्वासन दिएका थिए । खुकुरी प्रहार गर्ने पटेललाई भोलि दुई बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई पार्टी र प्रशासन दुवैतिरबाट कारबाही गरिने भन्दै उनीहरुले अर्को पक्षलाई आश्वस्त पारेका थिए । तर समिर अन्सारीका अभिभावकले भने खुकुरी हान्नेलाई मात्रै नभएर निर्देशन दिनेलाई समेत कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ६ : ५६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै