२०८२, २४ भाद्र मंगलबार

नेविसंघको बैठकमा खुकुरी प्रहार

नेविसंघको बैठकमा खुकुरी प्रहार


वीरगञ्ज, ११ पुस : पर्सामा नेविसंघको गाउँपालिका अधिवेशन गराउने विषयमा छलफल गर्न बसेको बैठकमा खुकुरी प्रहार भएको छ । ठाकुरराम बहुमुखी क्याम्पस इकाई उपाध्यक्ष समिर हुसैनमाथि खुकुरी प्रहार भएको हो । टाउकोमा चोट लागेपछि उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

रोशन सिंह भनिने मुन्ना सिंहले समिर मन्सुरीलाई खुकुरी हानेको आरोप लागेको छ । तर बचाउन गएका उपाध्यक्ष समिर हुसैनलाई खुकुरीले लागेको प्रत्यक्षदर्शीले बताएका छन् । कांग्रेसभित्रको गुट उपगुटका कारण विद्यार्थीहरुबीच खुकुरी हान्नेसम्मको घटना भएको कांग्रेसका एक नेताले बताए ।

वीरगञ्ज श्रीपुरस्थित नेपाली काँग्रेस पर्साको पार्टी कार्यालयमा गाउँ अधिवेशन गराउन प्रतिनीधि छनौट गर्ने विषयमा बैठक बसेको थियो । बैठकमा कस कसले कुन–कुन गाउँपालिकाको जिम्मा लिने भन्ने विषयमा सहमति गरेर आउनका लागि समय दिइएको थियो । आवश्यक सर–सल्लाह गरेर दुई घण्टा पछि बस्ने बैठकमा नाम दिन भनिएको थियो ।

दुवै पक्षले बाहिरबाट आफ्नो समूह ल्याएका कारण समस्या उत्पन्न भएको नेपाली काँग्रेसका सचिव श्याम पटेलले जानकारी दिए । ‘मिटिङमा खासै केही भएको थिएन, दुई घण्टापछि नाम लिएर आउने भनेर बैठक स्थगित भएको थियो । बाहिर निस्केर झगडा गरेछन्’ उनले भने ‘नेविसंघ र नेपाली काँग्रेसलाई नचिनेका केटाहरुका कारण समस्या भएको हो । उनीहरुले हामीलाई चिन्दैनन्, हामी उनीहरुलाई चिन्दैनौं ।’

स्थिति तनावपूर्ण भएपछि नेपाली काँग्रेस पर्साका जिल्ला सचिव श्याम पटेल, कोषाध्यक्ष ईम्तियाज आलम, नगर कार्यपालिका सदस्य अरविन्द गुप्ता, नेता राकेश यादव, विद्यार्थी नेता जीवन सापकोटा लगायतले खुकुरी हान्नेलाई कारबाही गर्ने आश्वासन दिएका थिए । खुकुरी प्रहार गर्ने पटेललाई भोलि दुई बजे जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई पार्टी र प्रशासन दुवैतिरबाट कारबाही गरिने भन्दै उनीहरुले अर्को पक्षलाई आश्वस्त पारेका थिए । तर समिर अन्सारीका अभिभावकले भने खुकुरी हान्नेलाई मात्रै नभएर निर्देशन दिनेलाई समेत कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ६ : ५६ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा