२०८३, २४ आश्विन आईतबार

कृषिलाई उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राई

कृषिलाई उच्च प्राथमिकतामा राखेको छ : मुख्यमन्त्री राई


विराटनगर, ११ पुस : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले कृषिलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । ‘दुग्ध सेवन, स्वस्थ र समृद्ध जीवन’ प्रमुख नाराका साथ भूमि व्यवस्था तथा सहकारी मन्त्रालय प्रदेश नं १ विराटनगरद्वारा आज आयोजित दुग्ध व्यवसायीसँगको अन्तरक्रियामा उहाँले प्रदेश सरकारले कृषि क्षेत्रको विकास गर्न रु ६१ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

मुख्यमन्त्री राईले अनुदान दिएर कसैको बानी नबिगार्ने बताउँदै कृषको हक र हितका लागि निजी, सार्वजनिक र सहकारी अवधारणालाई अगाडि बढाएको छ भन्नुभयो । उहाँले प्रदेश नं १ मा देखिएको मिल्क होलिडे समस्यालाई समाधान गर्न दुग्ध पाउडर प्लान्ट बनाउने जानकारी गराउनुभयो । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव हस्तबहादुर बिष्टले कृषि उत्पादनलाई बढावा दिन आयातीत हुने वस्तुमा नियन्त्रण गर्नुपर्ने बताउनुभयो । कामधेनु दुग्ध विकास सहकारीका अध्यक्ष टीकादत्त वनले उभोक्ताको मागभन्दा ३० हजार लिटर दुध यस प्रदेशमा बढी भइरहेकाले दुधलाई खेर जान नदिन पाउर प्लान्टको आवश्यकता छ भन्नुभयो ।

एनएमिसी डेरी उद्योग सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीले किसानले मिहेनतका साथ उत्पादन गरेको दुध बजारमा बिक्री नहुँदा किसानलाई निकै मर्का पर्ने भएको पाउडर प्लान्टको औचित्य छ भन्नुभयो । कार्यक्रममा दुग्ध व्यवसायी तथा डेरी उद्योगमा आबद्ध पशुपति पोखरेल, ओम भण्डारी, यादव ढकाल, नीलकण्ठ प्रधान, विष्णु बोहरा, मनमाया ढकाल र दीपेन्द्र आचार्यले पाउडर प्लान्टसँगसँगै अन्य मुलुकबाट आयातीत हुने पाउडर दुधमा प्रतिबन्ध लगाउनुपर्ने सुझाव दिनुभयो ।

पशु कार्यालयका डा सञ्जयकुमार यादवले विगतमा सरकारले सञ्चालन गरेको अनुदानको कार्यक्रमले वास्तविक किसान लाभान्वित हुन नसकेको भन्दै अनुदानभन्दा पनि त्यस्ता उद्योगी र व्यवसायीलाई शून्य प्रतिशत ब्याजमा क्रृण दिन सुझाव दिनुभयो । प्रदेश नं १ मा वार्षिक पाँच लाख ६१ हजार १५० मेट्रिक टन दुध उत्पादन भइरहेकाले दुग्धमा आत्मनिर्भर यो प्रदेशमा आयातीतलाई रोक्नुपर्ने, प्रदेश नं १ मा सबैभन्दा बढी इलाममा, झापा र मोरङमा दुध उत्पादन भइरहेको वरिष्ठ कृषि विकास अधिकृत मनोज यादवले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ११ पुस बुधबार  ६ : ४४ बजे

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको