२०८३, २७ आश्विन बुधबार

बसले पैदलयात्रीलाई ठक्कर दिदा पाँचको मृत्यु , २१ घाइते

बसले पैदलयात्रीलाई ठक्कर दिदा पाँचको मृत्यु , २१ घाइते


बेइजिङ, चीन, १० पुस :चीनको पूर्वी क्षेत्र फुजियान प्रान्तमा मङ्गलबार एक व्यक्तिले गाडीको चालकलाई चक्कू देखाई गाडी अपहरण गर्न खोज्दा भएको बस दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । चक्कूधारी व्यक्तिले बसलाई अपहरण गरेर लाने क्रममा स्थानीय समय अनुसार दिउसो ३ बजेर २० मिनेटमा बस पैदलयात्रीसँग ठोक्किएको चिनियाँ राज्य सञ्चालित समाचार संस्था सीजीटीएनले प्रहरीलाई उद्धृत गरी जनाएको छ ।

अपहरणकारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको सीजीटीएनले बताएको छ । मृतकमध्ये एक प्रहरी अधिकारी रहेका बताइएको छ । अमेरिकाबाट सञ्चालित चिनियाँ अनलाइन दुववे न्यूजले दुर्घटनाग्रस्त बसको नजिकै सडकमा ढलेको अवस्थामा केही व्यक्तिहरूको तस्वीर देखाएको छ । तस्वीरमा प्रहरी एक जना व्यक्तिसँग सडकमा लडिरहेको पनि देखाइएको छ ।

घटनाबारे एएफपीले ‘लङग्यान पब्लिक सेकुरिटी ब्युरो’ लाई प्रतिक्रियाका लागि अनुरोध गरेपनि घटनाबारे अनुसन्धान भइरहेकोले केही भन्न नमिल्ने जनाएको छ । चीनमा यो बर्ष यस खालका धेरै घटना भएका छन् । नोभेक्बरको अन्त्यमा लियाओनिङ प्रान्तको उत्तरपूर्वमा एउटा प्राथमिक विद्यालयका विद्यार्थीहरूले सडक पार गरिरहेका समय एउटा कार उनीहरूलाई धकेल्दै अघि बढेपछि कम्तिमा पाँच जनाको मृत्यु भएको थियो भने १८ जना घाइते भएका थिए । सोही महिना दक्षिणपश्चिमी शहर कोङक्वीन नगरपालिकामा रहेको एक पुलबाट नहरमा खस्दा कम्तिमा १५ जनाको मृत्यु भएको थियो ।
-रासस÷एएफपी

प्रकाशित मिति : २०७५, १० पुस मंगलबार  ६ : ३२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल