२०८३, १८ भाद्र शुक्रबार

अष्ट्रेलियामा पनि चम्किए सन्दीप

अष्ट्रेलियामा पनि चम्किए सन्दीप


काठमाडौँ, ८ पुस : अष्ट्रेलियाको बिग बास लिग खेलिरहेका नेपाली युवा बलर सन्दीप लामिछानेले आज भएको दोस्रो खेलमा पनि विकेट लिन सफल भएका छन् ।

त्यहाँको मेलवर्न स्टार्स क्लबबाट खेलिरहेका सन्दीपले होबर्ट हरीकेन्सविरुद्ध आज भएको दोस्रो खेलमा पनि चार ओभर बलिङ गर्दै २४ रन खर्चेर तीन विकेट लिन सफल भएका छन् । सन्दीपले पहिलो, तेस्रो र चौथो ओभरमा एक÷एक विकेट लिएका थिए । पहिलो ओभरमा एलेक्स डोलानलाई बोल्ड आउट गरेका सन्दीपले तेस्रो ओभरमा म्याथ्यु वेडको विकेट लिएका थिए । त्यसैगरी चौथो ओभरमा सन्दीपले बेन्जामिन म्याकडेरमोटको विकेट लिन सफल भएका थिए ।

सन्दीपले बिग बासको दुई खेलमा पाँच विकेट लिइसकेका छन् । यसअघि सन्दीपले डेब्यु खेलमा सिड्नी थण्डरविरुद्ध पनि दुई विकेट लिएका थिए । अठार वर्षे सन्दीप यसै वर्षको शुरुमा इण्डियन प्रिमियर लिगबाट टि–२० लिगमा डेब्यू गरेको सन्दिपले यही एक वर्षमा क्यारेवियन प्रिमियर लिग, ग्लोबल टि–२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, टि–१० लिग र अष्ट्रेलियाको बिग बास लिगमा आफ्नो उपस्थिति जनाइसकेका छन् ।
-रासस

प्रकाशित मिति : २०७५, ९ पुस सोमबार  ७ : ०६ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण