२०८३, ३१ जेष्ठ सोमबार

परियोजना बैंक कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री पौडेल

परियोजना बैंक कार्यान्वयन गर्छौँ : मुख्यमन्त्री पौडेल


हेटौँडा, ८ पुस : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले शुरु गर्न लागेको परियोजना बैंकलाई चाँडै कार्यान्वयनको चरणमा लैजाने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित छलफलमा उहाँले पहिलो चरणमा प्रदेश सरकारले आफ्ना सातवटै मन्त्रालयले गर्ने कामका योजनालाई परियोजना बैंकमा राखेर मात्र प्रक्रिया अगाडि बढाइने बताउनुभयो । योजना बेग्लाबेग्लै आफूखुशी आउन लागेको भन्दै मुख्यमन्त्री पौडेलले परियोजना बैंकमा समावेश योजनालाई प्राथामिकतामा राखिने बताउनुभयो ।

“व्यक्तिगत इच्छाबाट आउने योजनालाई निरुत्साहित गर्दै संस्थागत योजना कार्यान्वयनमा परियोजना बैंकको भूमिका महत्वपूर्ण हुनेछ,” उहाँले भन्नुभयो । चालू आर्थिक वर्षका योजना शुरु भइसकेकाले आगामी आर्थिक वर्षमा परियोजना बैंकका योजना कार्यान्वयनमा लैजाने प्रदेश सरकारको तयारी छ । चालू आवभित्र नै परियोजना बैंक निर्माण गरी लागू गर्नेगरी तयारी भएको राष्ट्रिय नीति तथा योजना आयोगका उपाध्यक्ष डा खिमलाल देवकोटाले जानकारी दिनुभयो । बैंकको स्थापनापछि व्यक्तिगत स्वार्थभन्दा पनि सामाजिक आवश्यकका आधारमा छनोट गर्ने र कार्यान्वनका चरणमा लैजाने सरकारले योजना अगाडि सारेको छ ।

परियोजना बैंक योजना कार्यान्वयनमा विभिन्न समस्या हुने भन्दै प्रदेश सरकारले परियोजना बैंक स्थापनाको कार्यलाई तीब्रता दिन लागिएको हो । बैंकको पहिलो चरणको खाका तयार गरी आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव केवल भण्डारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रस्तुत गरिसक्नुभएको छ । सो कार्यक्रममा विभिन्न प्रदेशका मन्त्रालयका सचिव सहभागी हुनुहुन्थ्यो ।
-रासस

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ९ : १५ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क