२०८२, ५ कार्तिक मंगलबार

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी छन् अचम्मका फाइदाहरु हेर्नुहोस

बिर्सेर पनि खेर नफाल्नुहोस अण्डा उसिनेको पानी छन् अचम्मका फाइदाहरु हेर्नुहोस


अण्डा हाम्रो स्वास्थका लागी आबश्यक खाने कुरा हो ।प्रोटिनले भरिपूर्ण अन्डा स्वादका लागी मात्र नभइ स्वास्थका लागी पनि उत्तिकै जरुरी हुन्छ ।त्यस्तै अचम्म के छ भने अण्डा उसिनेको पानी बोट बिरुवाको लागी पनि उत्तिकै राम्रो हुन्छ ।अण्डा उसिनेपछि रहेको पानी फाल्ने गर्छौ ।तर, तपाईलाई थाहा नहुन सक्छ, अण्डा उसिनेपछि उब्रिएको पानी बोटविरुवाका लागि एकदमै महत्वपूर्ण हुन्छ । यस्तो पानीले विरुवालाई धेरै फाइदा पुर्याउछ ।

घर वा अपार्टमेन्टमा राख्नुभएको ‘मनी प्लान्ट’ले सिधा घामको किरण लिन पाउँदैन । यस्तो अवस्थामा आफ्नो अपार्टमेन्ट वा घरको ‘प्लान्ट’मा अण्डा उमालेर बाँकी रहेको पानी हालिदिएमा बिरुवा चाडै बढ्छ ।त्यस्तै यसको पानीले बिरुवाको जरा बलियो बनाउछ ।अण्डा उसिनेको पानीमा अग्र्यानिक क्याल्सियम हुन्छ, जसले विरुवाको जरालाई बलियो बनाउँछ ।जब अण्डा उसिन्छौ, अण्डाले पानीमा मिनरल्स छोड्छ । यो मिनरल्सले विरुवामा राम्रो मल बनाउँने काम गर्छ ।

त्यसै गरी यस पानीलाई विरुवामा हालेमा विरुवाको ओषधिको काम गर्छ । विभिन्न खाले रसायनिक मलको प्रयोग गर्नुभन्दा यस पानीको प्रयोग गर्न सकिन्छ ।यद्यपी, यस्तो पानी सेलाएपछि मात्रै ‘प्लान्ट’ वा विरुवामा हाल्नुपर्छ । महिनाको एक पटक अण्डा उमालेको पानीलाई यसरी प्रयोग गरिएमा विरुवा चाँडै बढ्छ ।

प्रकाशित मिति : २०७५, ८ पुस आईतबार  ११ : २८ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,