२०८३, २४ आश्विन आईतबार

संविधान कमजोर पार्नु हुन्न : अध्यक्ष दाहाल

संविधान कमजोर पार्नु हुन्न : अध्यक्ष दाहाल


काठमाडौँ, ७ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्षणिक उत्तेजनामा आएर जनताको बलिदानबाट प्राप्त संविधानलाई कमजोर पार्ने खेल खेल्न नहुने बताउनुभएको छ । प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तकको आज यहाँ विमोचन गर्दै उहाँले सङ्कीर्ण स्वार्थका कारण संविधानबाट निर्मित प्रणाली र संरचनालाई कमजोर पार्ने भूल कसैले पनि गर्न नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “राष्ट्रिय एकता र सहमतिबाट बनेको संविधानलाई कमजोर पार्ने अभ्यास भइरहेको छ, संविधानका आधारस्तम्भका रुपमा रहेका गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रणाली र सङ्घीयतालाई असफल पार्ने दुश्प्रयास मुलुकका लागि भयानक गल्ती ठहरिनेछ ।” जनताको समृद्धिको आकाङ्क्षा पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै पूर्वप्रधानमन्त्री दाहालले विकास र समृद्धिमार्फत जनतालाई सामाजिक न्याय प्रदान गर्न सम्पूर्ण ताकतलाई त्यसतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “देशलाई समृद्धिको युगतर्फ लैजाने सकिने सम्भावना प्रशस्त छन्, हामी एक दशकभित्र नयाँ आकारको नेपाल बनाउन सकिन्छ भन्ने निष्कर्षमा पुगेका छौँ । नेपालीको ज्ञान, सीप, प्रकृतिले समृद्ध नेपाल बनाउने सामग्री प्रदान गरेको छ ।” उहाँले संविधान कार्यान्वयन र समृद्धिका यात्रामा देखिएका कमीकमजोरी सच्याउँदै जनआकाङ्क्षाअनुसार अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकमा नयाँ प्रणालीसहितको सरकार गठन भएको उल्लेख गर्दै अध्यक्ष दाहालले सरकार सञ्चालनका क्रममा केही जटिलता देखिएपनि त्यसलाई हल गरेर अगाडि बढ्ने प्रष्ट्याउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ९ : ०३ बजे

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर