२०८३, २४ आश्विन आईतबार

सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य

सभामुख महरा पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य


रोल्पा, ७ रोल्पा : सभामुख कृष्णबहादुर महराले पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको छ । उहाँले अध्ययन गरेको सदरमुकाम लिबाङमा रहेको बालकल्याण नमूना माध्यामिक विद्यालय पूर्वविद्यार्थी मञ्चको सदस्यता लिनुभएको हो । विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीका लागि आयोजित पुनःमिलन कार्यक्रममा आज सभामुख महराले उक्त सदस्यता लिनुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका सभामुख महराले आफूले सो विद्यालयमा अध्ययन गर्दाका दुःख कष्टकोसमेत स्मरण गर्नुभयो । आफूलाई अहिलेको अवस्थामा पुग्न विद्यालयकोसमेत ठूलो भूमिका रहेको उहाँले बताउनुभयो । अनेकौँ पुस्ताका विद्यार्थी जमघट गराउने थलोका रुपमा रहेको पूर्वविद्यार्थी मञ्चको आजीवन सदस्य बन्न पाएकामा उहाँले खुशी व्यक्त गर्नुभयो ।

दुर्गमका विद्यालयले अझै धेरै समस्या भोग्नुपरिरहेको बताउँदै त्यस्ता समस्यालाई साझेदारी गर्न पूर्वविद्यार्थीलाई आग्रहसमेत गर्नुभयो । सभामुख महरालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपाने र पूर्वविद्यार्थी मञ्चका संयोजक खिमबहादुर घर्तीले आजीवन सदस्यता प्रदान गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ७ : ३५ बजे

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर