२०८३, २ आश्विन शनिबार

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली

वैभवको मुख्य चूरो नेवारी संस्कृति हो : प्रधानमन्त्री ओली


काठमाडौँ, ७ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ । पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो ।

हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भन्नुभयो । उहाँले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।”

पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उहाँले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइै वर्षभित्र बन्ने विश्वास दिलाउनुभयो । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भन्नुभयो, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।”

काठमाडाँै विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै हो, विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।”

काठमाडाँै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पु¥याउने विभिन्न क्षेत्रमा महानुभावलाई सम्मान गर्नुभयो । यसअघि पन्ध्रौ राष्ट्रिय ज्यापु दिसवका अवसरमा ज्यापु समाजसँग सम्बन्धीत विभिन्न सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ गणेशस्थानबाट शुरु भएको ¥याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हँुदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो । ¥यालीमा काठमाडौँ उपत्यकामा रहेका ज्यापु समुदायको भेषभूषा, रहन सहन झल्कने विविध संस्कृति प्रस्तुत गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, ७ पुस शनिबार  ५ : ४० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै