२०८२, ३१ भाद्र मंगलबार

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ

वन अधिकृत घुससहित रङ्गेहात पक्राउ


गलेश्वर, ६ पुस : म्याग्दी जिल्लाका युवाको अगुवाइमा सञ्चालन भएको भ्रष्टाचार नियन्त्रण अभियान प्रभावकारी बनेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका नेता प्रकाश पौडेलको अगुवाइमा सञ्चालन गरिएको सो अभियानअन्तर्गत बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले डिभिजन वन कार्यालयका एक कर्मचारीलाई घुससहित पक्राउ गरेको हो।

बेनी नगरपालिका–७ स्थित सवडिभिजन वन कार्यालयमा रहेको आवासगृहको कोठामा काठसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीबाट रकम लिँदै गर्दा अख्तियारको टोलीले उक्त कार्यालयका सहायक वन अधिकृत राजकुमार ठाकुरलाई सेवाग्राहीबाट रु ३४ हजार घुस लिँदै गर्दा रङ्गेहात पक्राउ गरेको थियो ।
आयोगको पोखरा कार्यालयका अनुसार काठ मुद्दा मिलाइदिने भन्दै एक सेवाग्राहीबाट अधिकृत ठाकुरले पैसा मागेपछि ती उनले विद्यार्थी नेता पौडेललाई सूचना दिएका थिए ।
-रासस

प्रकाशित मिति : २०७५, ६ पुस शुक्रबार  ९ : ४३ बजे

बलिदानको धुवाँले झस्काएको राष्ट्र

देश फेरि एक पटक आँसु, आक्रोश र अपेक्षाको दोभानमा उभिएको

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप। दोलखाको विगु गाउँपालिकामा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

पर्यटन मन्त्रालयको नेतृत्वका लागि चार नाम चर्चामा, को बन्ला मन्त्री ?

काठमाडौँ । देशको इतिहासमै पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको

जेनजी शहीदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई, यातायात तथा भौतिक पूर्वाधार

गृहमन्त्री अर्यालद्वारा बग्गीखाना ट्राफिक प्रहरी कार्यालयको अनुगमन

काठमाडौं । गृहमन्त्री तथा कानून मन्त्री ओमप्रकाश अर्यालले आज काठमाडौं