२०८३, २४ आश्विन आईतबार

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री

परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जान्छ : कानून मन्त्री


काठमाडौँ, ४ पुस: कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले निर्वाचित जनप्रतिनिधिको उच्च निकाय संविधानसभाबाट जारी भएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको तथ्यले उजागर गरिरहेको बताउनुभएको छ । नेपाल कानून समाजद्वारा आज यहाँ आयोजित ‘संविधानको प्रभावकारी कार्यान्वयन : फौजदारी आचार संहितका मौलिक अधिकारको संरक्षण’ विषयको अन्तरक्रियामा उहाँले लोकतान्त्रिक विधि र प्रक्रियाबाट निर्माण भएको नेपालको संविधानको गरिमा र उचाइबारे अन्तर्राष्ट्रिय समुदायलाई गोष्ठी र अन्तक्र्रियाका माध्यमबाट अझै जानकारी गराउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

फौजदारी संहितासम्बन्धी कानून लागू गर्ने समयमै संशोधनको बोध भएको बताउँदै मन्त्री ढकालले भन्नुभयो, “समय र परिस्थितिअनुसार कानून परिमार्जन हुँदै जानेछ, नियमित अभ्यासबाट परिमार्जन र समृद्ध हुँदै जानेछ ।” कुनै पनि आग्रह, पूर्वाग्रह, सीमाको बन्दीभित्र बसेर होइन, विनाहिचकिचाहट कानूनलाई समयानुकूल तुल्याउन संशोधन गरिने बताउँदै उहाँले जटिलता हुन्छ भनेर कार्यान्वयनमा नजाने होइन, परिमार्जन र समृद्ध तुल्याउन संशोधन गर्दै अघि बढ्ने हो भन्नुभयो ।

सर्वाेच्च अदालतका न्यायाधीश सपना मल्लले अपराधीले दण्ड पाउनुपर्छ तर उसको मानव अधिकारको हनन् हुन नदिने पाटोमा भने सरोकारवाला पक्ष सचेत हुनुपर्छ भन्नुभयो । प्रभावकारी अनुसन्धानमा प्रहरी र सरकारी वकिलको गहन भूमिका रहन्छ भन्दै उहाँले अपराधिको मृत्यु भए पनि न्याय मर्दैन भन्ने सिद्धान्तलाई मूर्तरुप दिन अनुसन्धानलाई राम्रो बनाएर न्यायको सुनिश्चित गर्न आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले अपराधीलाई पक्रनुअघि अदालतको आदेश कुर्नपर्ने कानूनी व्यवस्थाले प्रहरी प्रशासनलाई अप्ठ्यारो घटनाको विवरण सुनाउँदै अनुसन्धान र अभियोजनलाई प्रभावकारी बनाउन सरोकारवाला पक्षबीच समन्वयको खाँचो छ भन्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनतालाई कानूनी राज्यको अनुभूति दिलाउन फौजदारी अपराधको अनुसन्धान र अभियोजन गर्ने प्रविधियुक्त र वैज्ञानिक बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।

न्यायाधीश समाजका अध्यक्ष मोहनप्रकाश सिटौलाले अन्तर्राष्ट्रिय जगतको आँखामा हाम्रा व्यवहार, क्रियाकलाप र निर्णय नचुक्ने गरी होशियारपूर्वक गरिनुपर्छ भन्नुभयो । नेपाल कानून समाजका अध्यक्ष कोमलप्रकाश घिमिरेले न्यायाधीशलाई प्रमाणले हात बाध्ने हुँदा मुद्दाको सफल र असफलको मापन अनुसन्धान नै हो भन्ने पक्षलाई सरोकारवालाले बुझेर अनुसन्धानलाई सत्यतथ्यमा आधारित तुल्याउन आवश्यक छ भन्नुभयो ।

उहाँहरुले भन्नुभयो, “विगतमा पहिले थुन अनि सुन भन्ने ढङ्गले अनुसन्धान बढाइन्थ्यो, समय, काल र परिस्थितिअनुरुपमा अहिले सुन अनिमात्र थुन भन्ने अवधारणा विकास भइसक्यो, यसले अपराधीकोसमेत मानव अधिकारको संरक्षण गर्दछ । नेपालका लागि जर्मनका राजदूत रोलाण्ड सेफेरले फौज्दारी न्याय सम्पादनमा जर्मनीले अनुशरण गरेका अवधारणाबारे जानकारी लिन र अनुभव साटासाट गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

दुईदिने उक्त अन्तरक्रियामा सर्वाेच्च अदालत र मातहतका अदालतका न्यायाधीश, महान्यायाधीवक्ता कार्यालय, नेपाल प्रहरी, नेपाल बार एशोसियसनलगायतका सरोकार निकायका ५० भन्दाबढीको सहभागिता छ । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायाधीश, न्यायाधीश तथा फौजदारी न्यायका क्षेत्रमा कार्यरत विभिन्न विज्ञले प्रशिक्षण दिनुहुनेछ । उक्त कार्यक्रममा विशेषज्ञका रुपमा जर्मनीबाट दुई जना न्यायाधीशसमेत आउनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ४ पुस बुधबार  ६ : ०९ बजे

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर