२०८२, २१ जेष्ठ मंगलबार

‘किसानसंँग वैज्ञानिक प्रत्यक्ष जोडिनुपर्छ’ :मन्त्री खनाल

‘किसानसंँग वैज्ञानिक प्रत्यक्ष जोडिनुपर्छ’ :मन्त्री खनाल


गोदावरी, ३ पुस: कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले वैज्ञानिकले देशका विभिन्न भागमा गएर किसानसँग प्रत्यक्ष सम्बन्ध बनाउनुपर्ने बताउनुभएको छ । नेपाल कृषि अनुसन्धान परिषद्ले आज ललितपुरको खुमलटारस्थित राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानमा आयोजना गरेको ‘उद्यमी किसान र बेरोजगार युवाका लागि आवासीय कृषि तालीम कार्यक्रम कार्यान्वयन निर्देशिका–२०७५’ पुस्तक सार्वजनिक कार्यक्रममा उहाँले वैैज्ञानिक किसानसमक्ष प्रत्यक्ष पुग्न नसक्दा दूरदराजमा रहेका कयौँ किसानले कृषिमा समस्या भोग्नुपरेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “किसानका बाली विभिन्न रोगले नाश भएर मर्का पर्दा पनि वैज्ञानिक ग्रामीण अनि दूरदराजको क्षेत्रमा पुुग्न चाहनुहुन्न ।” उहाँले परिमाणअनुसार मलखादको प्रयोग बालीमा गर्नुपर्ने जानकारी किसानलाई वैज्ञानिकले दिँदा आर्थिक जोहो हुने बताउनुभयो । परिषद्का निमित्त कार्यकारी निर्देशक तेजबहादुर गुरुङले किसानले वैज्ञानिकबाट राम्रो जानकारी लिँदा मात्र नोक्सानबाट बच्न सफल हुनेमा जोड दिनुभयो । पशुसेवा विभागका अयोजना निर्देशक डा तेजबहादुर रिजालले स्थानीय तहमा गएर त्यहाँका अन्य उद्यमीलाई बीउबिजन, बाली र रोगबारे जानकारी दिन अति नै आवश्यक रहेको बताउनुभयो ।

कृषि विभागका महानिर्देशक ताराकुमार श्रेष्ठले तालीममा युवा किसानले वैज्ञानिकबाट थुप्रै ज्ञान हासिल गन सक्ने जानकारी दिनुभयो । राष्ट्रिय किसान आयोगका सदस्य उदयचन्द्र ठाकुरले किसानको पहुँच अनुसन्धानसम्म पु¥याउनुपर्ने बताउनुभयो ।

२० जिल्लाका किसान तालीममा
परिषद्ले २० जिल्लाका बेरोजगार युवा किसानलाई १० दिने आवासीय कृषि तालीम दिइ रहेको छ । परिषद्ले तालीममा किसानलाई तरकारी खेती गर्दा कसरी माटोसँग निकट हुने भन्ने जानकारी गराइरहेको छ ।

राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठानका बाह्य अनुसन्धान प्रमुख डा धुव्र भट्टराईले तरकारी खेती महाशाखाले तालीममा सहभागी किसानलाई पानी र माटोको व्यवस्थापनलगायत विधि तथा प्रविधिको प्रयोगबारे जानकारी दिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “किसानले सजिलै आफ्ना उत्पादन बजार लगी व्यवस्थापन गर्न सकुन भन्ने उद्देश्यका साथ उपत्यकाको तरकारी बजार अवलोकन गराउने कार्यक्रम पनि रहेको छ ।”

परिषद्मा हाल तालीम लिँदै गरेका किसानमध्ये ७० प्रतिशत वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति छन् । परिषद्बाट प्रकाशित निर्देशिकामा सातदेखि १५० दिनसम्म किसानलाई तालीम उपलब्ध गराइने छ । विदेशबाट फर्केर नेपालमा काम गर्न इच्छुक व्यक्तिलाई २५ प्रतिशत कोटा निधारण गरिने निर्देशिकामा उल्लेख छ ।

कृषि मन्त्रालयको आँकडानुसार नेपालमा ६० प्रतिशत किसानले विज्ञानको विधिबारे बुझेका छै्रनन् । नेपाल सरकारले सात प्रदेशमा परिषद् विस्तार गरी किसानलाई वैज्ञानिकको पहुँच पु¥याउने भएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ७ : २५ बजे

राइड सेयरिङमा बढी भाडा लिए जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ

राष्ट्रपति पौडेलद्वारा रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन

ललितपुर । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो

गणतान्त्रिक शक्तिहरूबीचको सहकार्य मजबुत बनाउनु आजको आवश्यकता :अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गणतान्त्रिक

गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती, अनियमितता र बेथिति हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्दै पौडेलले गणतन्त्रको सबैभन्दा ठूलो शत्रु ढिलासुस्ती,

पर्यटकलाई कुनै किसिमको झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनैपनि