२०८३, २ आश्विन शनिबार

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

नेपाल विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी


पोखरा, २५ मङ्सिर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले सन् २०३० सम्म नेपाललाई संसारकै पहिलो गन्तव्य बनाइने बताउनुभएको छ । नेपाल पर्वतारोहण सङ्घद्वारा पोखरामा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयको हातामा आयोजित पाँचाँै ‘ग्रेट हिमालय’ महोत्सवको आज उद्घाटन गर्दै उहाँले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन योजना सफल बनाउन सबै पक्षको सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

मुलुक सङ्घीयतामा गइराख्दा पर्वतारोहण सङ्घलाई दिएको जिम्मेवारी एवं सरकारको विश्वासलाई पूर्णरुपमा पालना गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्वतारोहण सङ्घले ऐननियम बनाएर हिमाल आरोहणमा अनुमति प्रदान एवं राजश्व सङ्कलन गर्ने अधिकारसमेत पाएको स्मरण गराउनुभयो । पर्वतारोहण सङ्घलाई अझै व्यवस्थित बनाउन सरकार तत्पर रहेको बताउँदै उहाँले मेला र महोत्सवले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

अन्तर्राष्ट्रिय पर्वत दिवसका अवसरमा विश्व प्रसिद्ध हिमाल आरोही कोरियन नागरिक युम होङ्ग गिललाई कुमार खड्गविक्रम शाह साहसी अवार्ड–२०१८ र सर एड्मड हिलारी लेगेसी अवार्ड–२०१८ बाट डेनियल मज्युरलाई सम्मान प्रदान गरिएकोे थियो । विश्व प्रसिद्ध कुमार खड्गविक्रम साहसी अवार्ड–२०१८ बाट सम्मानित हिमाल आरोही कोरियन नागरिक होङ्ग गिलले आफूले पाएको अवार्ड दिवङ्गत आरोहीप्रति समर्पित गर्नुभयो । नेपाललाई आफ्नो दोस्रो घरका रुपमा आफूले लिएको भन्दै विभिन्न ग्रामीण क्षेत्रमा स्कूलको समेत स्थापना गरिसकेको उहाँले बताउनुभयो । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङलगायत जनजाति तथा समुदायबीचको सांस्कृति नाच एवं ४० वटा खाना एवं अन्य स्टलको निरीक्षण गरी उत्कृष्ट तीनलाई पुरस्कार प्रदान गरिने सङ्घका कोषाध्यक्ष सुदर्शन न्यौपानेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ९ : ४७ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै