२०८२, २७ चैत्र शनिबार

परिवर्तनको प्रक्रियालाई सञ्चारमाध्यमले आत्मसात् गर्नुपर्छ : अध्यक्ष दाहाल

परिवर्तनको प्रक्रियालाई सञ्चारमाध्यमले आत्मसात् गर्नुपर्छ : अध्यक्ष दाहाल


काठमाडौँ, २५ मङ्सिर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई सही र तथ्यपूर्ण सूचना दिने दायित्वलाई आत्मसात् गर्दै अगाडि बढ्न सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । जनता प्रसारण तथा प्रकाशन लिमिटेडको चौथो वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले जनपक्षीय सञ्चारमाध्यमलाई व्यवस्थित बनाएर नागरिकलाई यथार्थ सूचना दिने परिपाटीको विकास गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जनपक्षीय सञ्चारमाध्यमलाई व्यावसायिक बनाउँदा जनपक्षीय छुट्ने र जनपक्षीय मात्रै बनाउँदा व्यावसायिकता छुट्ने भएकाले त्यसलाई मिलाएर जानुपर्दछ । यो नेपालको मात्रै समस्या होइन, अन्तर्राष्ट्रियस्तरको समस्या हो ।”

अध्यक्ष दाहालले परिवर्तनलाई संस्थागत हुन नदिन विभिन्न कोणबाट प्रहार हुने र अनावश्यक प्रचार र प्रसारसमेत हुने भएकाले जनपक्षीय सञ्चारमाध्यमले जनताको पक्षमा अहोरात्र उभिने सङ्कल्प गर्नुपर्नेमा जोड दिनुभयो । ठूलाठूला सङ्घर्षबाट प्राप्त भएका राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा त्यसको फाइदा जनविरोधी तप्काले लिने गरेको भन्दै उहाँले राजनीतिक नेतृत्वले पनि विशेष ख्याल गरेर अगाडि बढ्नु जरुरी रहेको बताउनुभयो ।

नेपाली जनताले सङ्घर्ष गरेर स्थापित गरेको परिवर्तनलाई संस्थागत गर्न हरतरहले मिहेनत गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष दाहालले भन्नुभयो, “जनताको भावनालाई राज्य सञ्चालन गर्दा असाध्यै सावधानीपूर्वक कार्यान्वयन गर्नुपर्दछ । परिणाम दिने गरी काम गर्नुपर्दछ ।” उहाँले वर्तमान सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणालाई कार्यान्वयन गर्न सञ्चारमाध्यमको भूमिका विशिष्ट हुने उल्लेख गर्नुभयो । “हामीले समाजवादी अभ्यास शुरु गरेका छौँ, परिवर्तनलाई संस्थागत गर्न लागिपरेका छौँ । यस्तो बेलामा जनपक्षीय सञ्चारमाध्यमले पनि त्यस्तै भूमिका निर्वाह गर्नुपर्दछ,” अध्यक्ष दाहालले भन्नुभयो ।

विगतमा जनताले ल्याएको परिवर्तनलाई संस्थागत हुन नदिने ठूला ठूला षड्यन्त्र भएको भन्दै उहाँले संविधानसभाको निर्वाचन, संविधान निर्माण, गणतन्त्रको घोषणा र संविधान कार्यान्वयन हुन नदिने अनेकन षड्यन्त्रलाई पराजित गरेर आफूहरु अगाडि बढेको बताउनुभयो । सानो सानो शेयर पूँजी जम्मा गरेर पनि जनपक्षीय सञ्चारमाध्यम स्थापना गर्न सकिन्छ र परिवर्तनको प्रक्रियालाई संस्थागत गर्न सकिन्छ भन्ने मान्यता स्थापित गर्न जनता प्रकाशन तथा प्रसारण सफल भएकामा उहाँले शुभकामनासमेत दिनुभयो । सो प्रकाशन तथा प्रसारण संस्थाले आजदेखि ८९.१ मेगाहर्जमा रेडियो जनतासमेत सञ्चालनमा ल्याएको संस्थाका अध्यक्ष डा विजय पौडेलले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ९ : ०१ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण