२०८२, १ पुस मंगलबार

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह

तथ्यमा रहेर आलोचना गर्न मन्त्री बाँस्कोटाको आग्रह


धादिङ, २५ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार क्षेत्रलाई सरकारको आलोचना गर्न छुट रहेको तर आलोचना गर्दा तथ्यको आधारमा गर्न आग्रह गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाको आज २०औँ साधारणसभा र धादिङ सञ्चार सहकारी संस्थाको ८औँ वार्षिक साधारण सभाको अवसरमा बोल्दै उहाँले संचार क्षेत्रलाई पूर्ण स्वतन्त्रता दिइएकाले तथ्यको आधारमा आलोचना गर्न आग्रह गर्नुभएको हो ।

उहाँले पत्रकारको पारिश्रमिक वृद्धि नेपालका सञ्चारगृहको क्षमता हेरेर २५ प्रतिशत वृद्धि गरेकाले यसलाई कार्यान्वयन गरेपछि थप कुरा अघि बढाउन सकिने बताउनुभयो । मन्त्री बाँस्कोटाले विस्थापित भइसकेका तुइनमा मानिस चढेर अझै नदी तरिरहेको अवस्था नरहेकाले तुइन विस्थापनका विषय उठाइदिन पत्रकारहरुलाई आग्रह गर्नुभयोे ।

“सिद्धान्त मात्र पढेकाले हाम्रो पत्रकारिता सिकाइको चरणमा छ, त्यसैले आग्रह र पूर्वाग्रह त्याग्नु पर्छ”, उहाँले भन्नुभयो । साधारसभामा सांसद खेमप्रसाद लोहनी, भूमि त्रिपाठी, प्रदेशसभा सदस्य डा रामकुमार अधिकारी, जगत सिङ्खडालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ८ : ५१ बजे

ओली प्यानलमा समेटिए सुहाङ नेम्वाङ र अमित लामा

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यका आकांक्षीमध्ये

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई