२०८२, १३ माघ मंगलबार

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा


उर्लाबारी, २५ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राख्नुभयो ।

उहाँले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताउनुभयो । उहाँले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ७ : १० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै