२०८३, २४ आश्विन आईतबार

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा

ओली इतिहासकै बलियो प्रधानमन्त्री : काङ्ग्रेस नेता थापा


उर्लाबारी, २५ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली इतिहासकै सबैभन्दा बलियो प्रधानमन्त्री भएको बताउनुभएको छ ।

नेपाली काङ्ग्रेस उर्लाबारी नगर समितिले आज यहाँ आयोजना गरेको सभालाई सम्बोधन गर्दै उहाँले विपी कोइरालाको दुई तिहाईको सरकारका बेला पार्टीभित्र र बाहिर सबैतिर दबाब रहेको स्मरण गर्दै हालका प्रधानमन्त्रीलाई त्यस्तो कुनै दबाब नरहेको धारणा राख्नुभयो ।

उहाँले वर्तमान सरकारले देशलाई समृद्धितर्फ अगाडि बढाउनुपर्नेमा त्यस्तो सङ्केत नदेखिएको बताउनुभयो । उहाँले सरकारको बारेमा आलोचना गर्नुभन्दा पनि अबका चार वर्ष पार्टी सङ्गठन सुदृढिकरण गर्दै जनताको मन जितेर आगामी निर्वाचनमा विजयी हासिल गर्ने गरी काङ्ग्रेस अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ७ : १० बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार