२०८२, १३ माघ मंगलबार

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल

सरकार समृद्धिको यात्रामा अग्रसर छ : रक्षामन्त्री पोखरेल


रुकुम पूर्व, २५ मङ्सिर : उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारका विरुद्धमा विपक्षीबाट तानाबाना बुन्ने काम भइरहेको आरोप लगाउनुभएको छ । रुकुमपूर्वको रुकुमकोटमा आज आयोजित प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै उहाँले सरकारलाई असफल बनाउन सरकार विरुद्ध विभिन्न तानाबाना बुन्न थालिएको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

“वर्तमान सरकार जनताको मत र विश्वासमा बनेको हो”, उहाँले भन्नुभयो, “हामी समृद्धिको यात्रामा छौं, केही चिच्याउँदैमा, विरोध गर्दैमा केही फरक पर्दैन ।” दुई तिहाइको मतमा बनेको सरकार समृद्धिको यात्रामा अग्रसर रहेकाले पनि साना तिना जालझेलका पछाडि नलाग्ने उहाँले स्पस्ट पार्नुभयो ।

सरकार आफ्नो प्रतिबद्धताअनुसार अगाडि बढिरहेको बताउँदै उहाँले सरकार सामाजिक सुरक्षाका हिसाबले गम्भिर रहेको जानकारी गराउनुभयो । यसैबीच भौगोलिक विभाजनका क्रममा कान्छो जिल्ला बने पनि रुकुम पूर्व विकासमा अग्रसर जिल्ला बन्नुपर्नेमा उहाँले जोड दिनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २५ मंसिर मंगलबार  ६ : ३४ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै