२०८३, १८ भाद्र शुक्रबार

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने


बैतडी, २३ मङ्सिर:निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) र कालाशीनी यहाँ जारी ‘बिडिसिए कप टि–२० क्रिकेट प्रतियोगिता’को १८औँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । निङ्गलाशैनीले दशरथ चन्द एकेडेमीलाई तथा कालाशैनीले योङ्गस्टार क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विनोद नाथको उत्कृष्ट प्रदर्शनका कारण निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) फाइनलमा प्रवेश गरेको हो । बुड्डाबाजे क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनलमा दशरथ चन्द एकेडेमीलाई १५ रनले पराजित गर्दै एनसिसी उपाधि नजिक पुगेको हो । सो खेलमा निङ्गलाशैनीका विनोदले २२ रन बनाउनुका साथै विपक्षी टिमको दुई खेलाडीलाई पवेलियन फर्काएका थिए ।

पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । एनसिसीका लागि गजेन्द्र बोहराले ३८ रन बनाए । एक सय ४२ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी १२६ रनमा समेटियो । उसका लागि जगदिश चन्दले ३८ रन बनाए । एनसिसीका विनोद नाथसँगै ऋषिकेश बोहरा र दीपेन्द्र ऐरीले दुई–दुई विकेट लिए । एनसिसीका विनोद म्यान अफ दि म्याच घोषित भए ।

यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लबलाई ३५ रनले हराउँदै कालाशैनी फाइनल प्रवेश गरेको छ । पहिला ब्याटिङ गर्दै कालाशैनीले २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि ललित चन्दले अविजित ४१ रन बनाए । एक सय २२ रनको लक्ष्य पछ्याएको योङ्गस्टार ८६ रनमा समेटियो । योङ्गस्टारका लागि मुकुन्द क्षेत्रीले २४ तथा कप्तान मङ्गेश दयालले १७ रन बनाए । म्यान अफ दि म्याच भएका कालाशैनीका गोकर्ण चन्दले ४ तथा उत्तम चन्दले ३ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १५ गतेदेखि जारी बिडिसिए कप प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउनेछ । उक्त प्रतियोगिताबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : १९ बजे

सिन्धुलीमा नेवार समुदायको विविध साँस्कृतिक कार्यक्रम (फोटो फिचर)

सिन्धुली: कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमाढीमा नेवार समुदायले लाखे नाच, रोपाई

किन मनाइन्छ श्रीकृष्ण जन्माष्टमी ? यस्तो छ धार्मिक महत्व

काठमाडौं । भगवान् श्रीकृष्णको जन्मोत्सवका रूपमा मनाइने कृष्ण जन्माष्टमी हिन्दू

ताप्लेजुङ गोल्डकपको उपाधिको लागी अजा सलहेस र फिदिमबिच प्रतिसप्रर्धा 

ताप्लेजुङ । अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको फाइनल

बाढी प्रभावितको उद्धारमा सरकार गम्भीर रुपमा चुकेको छ : सुवास चन्द्र बराल

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनका अध्यक्ष इन्जिनियर सुवासचन्द्र बरालले भोटेकोशी

श्रीकृष्ण जन्माष्टमी : पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

ललितपुर । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने श्रीकृष्ण जन्माष्टमीका अवसरमा देशभरका कृष्ण