२०८२, ४ माघ आईतबार

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने

निङ्गलाशैनी र कालाशैनी उपाधिका लागि भिड्ने


बैतडी, २३ मङ्सिर:निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) र कालाशीनी यहाँ जारी ‘बिडिसिए कप टि–२० क्रिकेट प्रतियोगिता’को १८औँ संस्करणको फाइनलमा प्रवेश गरेका छन् । निङ्गलाशैनीले दशरथ चन्द एकेडेमीलाई तथा कालाशैनीले योङ्गस्टार क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो । विनोद नाथको उत्कृष्ट प्रदर्शनका कारण निङ्गलाशैनी क्रिकेट क्लब (एनसिसी) फाइनलमा प्रवेश गरेको हो । बुड्डाबाजे क्रिकेट मैदानमा आज सम्पन्न सेमिफाइनलमा दशरथ चन्द एकेडेमीलाई १५ रनले पराजित गर्दै एनसिसी उपाधि नजिक पुगेको हो । सो खेलमा निङ्गलाशैनीका विनोदले २२ रन बनाउनुका साथै विपक्षी टिमको दुई खेलाडीलाई पवेलियन फर्काएका थिए ।

पहिला ब्याटिङ गरेको एनसिसीले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउँदै १४१ रन बनायो । एनसिसीका लागि गजेन्द्र बोहराले ३८ रन बनाए । एक सय ४२ रनको लक्ष्य पछ्याएको दशरथ चन्द एकेडेमी १२६ रनमा समेटियो । उसका लागि जगदिश चन्दले ३८ रन बनाए । एनसिसीका विनोद नाथसँगै ऋषिकेश बोहरा र दीपेन्द्र ऐरीले दुई–दुई विकेट लिए । एनसिसीका विनोद म्यान अफ दि म्याच घोषित भए ।

यस्तै आजै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा योङ्गस्टार क्रिकेट क्लबलाई ३५ रनले हराउँदै कालाशैनी फाइनल प्रवेश गरेको छ । पहिला ब्याटिङ गर्दै कालाशैनीले २० ओभरमा ७ विकेट गुमाउँदै १२१ रन बनायो । उसका लागि ललित चन्दले अविजित ४१ रन बनाए । एक सय २२ रनको लक्ष्य पछ्याएको योङ्गस्टार ८६ रनमा समेटियो । योङ्गस्टारका लागि मुकुन्द क्षेत्रीले २४ तथा कप्तान मङ्गेश दयालले १७ रन बनाए । म्यान अफ दि म्याच भएका कालाशैनीका गोकर्ण चन्दले ४ तथा उत्तम चन्दले ३ विकेट लिए ।

बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा मङ्सिर १५ गतेदेखि जारी बिडिसिए कप प्रतियोगिताको विजेताले रु ३० हजार र उपविजेताले रु २० हजार पुरस्कार पाउनेछ । उक्त प्रतियोगिताबाट आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट गरिने बैतडी जिल्ला क्रिकेट सङ्घका कोषाध्यक्ष खेमराज भट्टले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : १९ बजे

काठमाडौंमा एमालेको प्रदर्शन

काठमाडौं । नेकपा (एमाले) ले आज काठमाडौंमा प्रदर्शन गरेको छ

आजदेखि काठमाडौं महानगरको कमाण्ड उपमेयर सुनिता डंगोलको हातमा

काठमाडौं । काठमाडौं महानगरपालिकाको कमाण्ड आजदेखि उपमेयर सुनिता डंगोलले सम्हालेकी

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ