२०८३, २ आश्विन शनिबार

वैशाखको अन्तिम साता समाजवादी फोरमको महाधिवेशन

वैशाखको अन्तिम साता समाजवादी फोरमको महाधिवेशन


काठमाडौँ, २३ मङ्सिर : सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन वैशाखको अन्तिम साता हुने भएको छ । पार्टीको केन्द्रीय समितिको आज सम्पन्न बैठकले वैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति तोकिए पनि स्थान भने टुङ्गो लागेको छैन । प्रदेश अधिवेशनको कार्यविधि र निर्देशिकालाई पनि बैठकले पारित गरेको छ ।

बैठकले आगामी चैत २० गतेसम्म पार्टीको प्रदेश अधिवेशन सक्ने तथा वैशाखको पहिलो हप्ताभित्र प्रादेशिक भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखको पहिलो हप्ता छ र वैशाख ९ र १० गते प्रदेशन नं ३ गरी सातै प्रदेशको भेला सम्पन्न गरिनेछ । बैठकले सरकारसँग समन्वय गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रकम चेम्जोङ र रेणु कुमारी यादव र महासचिव रामप्रसाद यादव रहनुभएको छ ।

यो समितिले सरकारको काम, विकास निर्माणसम्बन्धी काम, संवैधानिक आयोगमा नियुक्ति तथा सङ्घीय र प्रदेश सरकारबीच समन्वयको काम गर्नेछ । समाजवादी फोरमले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको छ । उपाध्यक्ष चेम्जोङ, महासचिव शाह, उपमहासचिव प्रकाश अधिकारी र शहरी विकासमन्त्रीसमेत रहनुभएका पार्टी सचिव मोहम्द इस्तियाक राई सदस्य रहनुभएको छ । बैठकले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पनि पारित गरेको सहअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : १५ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै