२०८२, १२ माघ सोमबार

वैशाखको अन्तिम साता समाजवादी फोरमको महाधिवेशन

वैशाखको अन्तिम साता समाजवादी फोरमको महाधिवेशन


काठमाडौँ, २३ मङ्सिर : सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपालको एकताको प्रथम राष्ट्रिय महाधिवेशन वैशाखको अन्तिम साता हुने भएको छ । पार्टीको केन्द्रीय समितिको आज सम्पन्न बैठकले वैशाख २८, २९ र ३० गते महाधिवेशन गर्ने निर्णय गरेको हो । महाधिवेशनको मिति तोकिए पनि स्थान भने टुङ्गो लागेको छैन । प्रदेश अधिवेशनको कार्यविधि र निर्देशिकालाई पनि बैठकले पारित गरेको छ ।

बैठकले आगामी चैत २० गतेसम्म पार्टीको प्रदेश अधिवेशन सक्ने तथा वैशाखको पहिलो हप्ताभित्र प्रादेशिक भेला आयोजना गर्ने निर्णय गरेको पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाखको पहिलो हप्ता छ र वैशाख ९ र १० गते प्रदेशन नं ३ गरी सातै प्रदेशको भेला सम्पन्न गरिनेछ । बैठकले सरकारसँग समन्वय गर्न उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीसमेत रहनुभएका पार्टी अध्यक्ष उपेन्द्र यादवको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यमा पार्टीका वरिष्ठ नेता अशोक राई, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षद्वय रकम चेम्जोङ र रेणु कुमारी यादव र महासचिव रामप्रसाद यादव रहनुभएको छ ।

यो समितिले सरकारको काम, विकास निर्माणसम्बन्धी काम, संवैधानिक आयोगमा नियुक्ति तथा सङ्घीय र प्रदेश सरकारबीच समन्वयको काम गर्नेछ । समाजवादी फोरमले विभिन्न राजनीतिक दलसँग एकताका लागि वार्ता गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता कार्यदल गठन गरेको छ । उपाध्यक्ष चेम्जोङ, महासचिव शाह, उपमहासचिव प्रकाश अधिकारी र शहरी विकासमन्त्रीसमेत रहनुभएका पार्टी सचिव मोहम्द इस्तियाक राई सदस्य रहनुभएको छ । बैठकले राजनीतिक तथा साङ्गठनिक प्रस्ताव पनि पारित गरेको सहअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ९ : १५ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै