२०८२, १ पुस मंगलबार

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी

राजदूत शेर्पालाई स्पष्टीकरण दिन काठमाडौं बोलाइयो, दोषी भेटिए बर्खास्त गर्ने तयारी


काठमाडौँ, मंसिर २३ : आर्थिक लेनदेनसम्बन्धी विवादमा तानिएपछि अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले स्पष्टीकरण दिन काठमाडौं बोलाएको छ । परराष्ट्र मन्त्रालयको अनुसन्धान र उनको बयानका आधारमा दोषी भेटिए शेपालाई बर्खास्त गर्ने सरकारको तयारी छ ।

चालक वाङचु शेर्पासँग पैसा असुलेर अस्ट्रेलिया लगेको आरोप लागेपछि शेर्पामाथि छानबिन भएको मन्त्रालयले जनाएको छ । ‘राजदूत शेर्पालाई स्पष्टीकरण दिन मन्त्रालयले स्वदेश बोलाएको छ, उहाँमाथि लागेका आरोपका विषयमा मन्त्रालयले छानबिन पनि गरिरहेको छ,’ परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालले नयाँ पत्रिकासँग भने, ‘हाम्रो छानबिन र उहाँको स्पष्टीकरणका आधारमा मन्त्रालयले आवश्यक निर्णय लिनेछ ।’ मन्त्रालयले छानबिन गरिरहेका कारण यसबारे थप भन्न नमिल्ने ढकालको भनाइ थियो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा रहेको छ l

स्रोतका अनुसार परराष्ट्र मन्त्रालयका प्रशासन महाशाखा प्रमुख मणि भट्टराईको नाममा शेर्पालाई स्पष्टीकरणका लागि चिठी पठाइएको छ । शेर्पाले एक चरण लिखित स्पष्टीकरण पठाए पनि त्यसबाट चित्त नबुझेपछि स्वदेश बोलाइएको हो । ‘शेर्पालाई फिर्ता बोलाएको होइन, तर उहाँको गल्ती प्रमाणित भयो भने बर्खास्त गर्छौं । उहाँ अस्ट्रेलिया जान पाउनुहुन्न,’ परराष्ट्रका एक अधिकारीले भने । राजदूत शेर्पाले भने आफूमाथि लागेको आरोप निराधार रहेको बताउँदै आएकी छिन् । चालक शेर्पाले लक्कीका श्रीमान् नवाङ सोनाम शेर्पा र राजदूत शेर्पाले आफू र परिवारलाई अस्ट्रेलिया लैजान १० लाख रुपैयाँ मागेको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २०७५, २३ मंसिर आईतबार  ६ : ४७ बजे

११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोगका पदाधिकारी निर्विरोध निर्वाचित

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

एमाले केन्द्रीय सदस्यमा खुला युवा क्लस्टरबाट नरेश रोकाय र सुशील थापा निर्विरोध

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्य पदमा खुला युवा क्लस्टरबाट

एमालेबाट निर्वाचित चारै महानगरका उपमेयर केन्द्रीय सदस्यका उम्मेदवार

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका छ महानगरपालिकामध्ये चार वटामा

एमाले अध्यक्षमा ओली-पोखरेलबीच प्रतिस्पर्धा

काठमाडौं । नेकपा एमालेको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि दुई

एमाले महाधिवेशन : बन्दसत्र सुरु, अध्यक्ष केपी शर्मा ओलीद्वारा सम्बोधन

काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सुरु भएको