२०८३, ३१ जेष्ठ सोमबार

नेकपा कर्णाली प्रदेशको पहिलो ऐतिहासिक बैठक सम्पन्न

नेकपा कर्णाली प्रदेशको पहिलो ऐतिहासिक बैठक सम्पन्न


सुर्खेत, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश कमिटीको पहिलो ऐतिहासिक बैठक आज सम्पन्न भएको छ । पार्टी एकतापछि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक बसेको नेकपा कर्णाली प्रदेशको बैठकले एकताको सन्देश बस्ती–बस्तीसम्म पु¥याउन एकमहीने अभियान थाल्ने निर्णय गरेको छ । प्रदेशको नामाङ्करण र राजधानी तोक्ने देशकै पहिलो यो प्रदेश पार्टी एकतासँगै बैठक सम्पन्न गर्नेसम्मको काममा समेत कर्णाली पहिलो प्रदेश बनेको हो ।

पार्टीका केन्द्रीय तथा प्रदेश सदस्य र प्रदेशसभा सदस्यहरुको संयुक्त टोली बनाएर एकमहीने अभियान सञ्चालन गर्ने निर्णय गरिएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिनुभयो । “एकता सन्देशको अभियान वडा तहसम्म पु¥याउने छौँ,” अध्यक्ष बोगटीले भन्नुभयो, “बैठकले स्थानीय कमिटीको एकीकरण प्रस्तावसमेत तयार पार्ने निर्णय गरेको छ ।”

उहाँका अनुसार बैठकबाट पार्टीका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिवसँग समन्वय गरी दुवै पार्टीका प्रदेशसभा संसदीय दलको संयुक्त बैठक गरी दल एकीकरण गर्ने निर्णय गरिएको छ । बैठकले साबिक एमाले र माओवादी केन्द्रका सङ्गठित सदस्यहरुको तथ्याङ्क अभिलेखीकरण, चलअचल सम्पत्तिको एकीकृत व्यवस्थापन, प्रदेश कार्यालय स्थापना तथा व्यवस्थापन र बैंक खाता सञ्चालन गर्ने निर्णय गरेको छ ।

प्रदेश स्थापनार्थ जीवन बलिदान दिने शहीदप्रति सम्मान प्रकट गर्दै जनयुद्ध र जनआन्दोलनका घाइते अपाङ्गको उपचारका लागि व्यवस्थापन गर्न सरकार र पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णयका साथ उक्त बैठकले विशेष प्रस्ताव पारित गरेको जनाइएको छ ।

सम्पन्न बैठकलाई सम्बोधन गर्दै कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा (प्रभाकर)ले एकताको भाव पार्टी सदस्यसम्म पु¥याउन प्रदेश सदस्यहरुलाई निर्देशन दिनुभएको थियो । प्रचुर सम्भावनायुक्त कर्णाली प्रदेशका विद्यमान चुनौतीसँग डट्दै सम्भावनालाई यथार्थमा बदल्न र नयाँ कर्णाली निर्माणको अभियानमा लामबद्ध हुन उहाँले सबैलाई अपिल गर्नुभयो ।

बैठकमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले हालसम्म गरेका गतिविधि प्रस्तुत गर्नुभएको थियो । प्रदेशको नाम र राजधानी, प्रदेश योजना आयोग गठन, पर्यटन वर्ष घोषणा, प्राङ्गारिक प्रदेशको आधार तयारी, डिजिटल प्रदेशको अवधारणा विकास, प्रदेश तथा राष्ट्रिय गौरवका आयोजनाको सम्भाव्यता अध्ययनलगायत काम गरी प्रदेशलाई नयाँ गतिमा अघि बढाइएको मुख्यमन्त्री शाहीले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : २१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क