२०८२, १९ कार्तिक मंगलबार

समृद्ध नेपालका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा

समृद्ध नेपालका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा


बनेपा, २२ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित सेवानुङ बचत तथा ऋण सहकारी संंस्थाको कार्यालय उद्घाटन गर्दै उहाँले सरकार यतिबेला आर्थिक क्रान्तिको नयाँ युगमा प्रवेश गरेकाले यो राष्ट्रिय अभियानलाई साकार पार्न निजी तथा सहकारी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।

यसैगरी मन्त्री बाँस्कोटाले संस्थाका सञ्चालक समिति तथा टोल सुधार समितिसँगको छलफलमा काभ्रे एकीकृत खानेपानी आयोजना १० नं वडालाई समेट्न खोजे पनि सफल नभएकाले अन्य तीन वटा विकल्पबाट समस्याको समाधान गर्ने प्रक्रियामा रहेको बताउनुभयो । पहिलो नालामाथिको हिले जलजले ड्यामको डिपिआर बनाइसकेको र त्यसलाई लगानी गरी स्थायी प्रकृतिको ८०० मिटर लामो र २०० मिटर चौडा भएको प्राकृृतिक पोखरी बनाइ प्रयोगमा ल्याइने, दोस्रो टुकुचामा रहेको हिले जलजलेको पनि सभ्यता अध्ययन गरिरहेको र तेस्रो परियोजनाभित्र परे पनि पर्याप्त बजेट भएको साँगा बृहत् खानेपानीलाई पुलबजारसम्म पु¥याउने सोच सरकारको रहेको उहाँले बताउनुभयो । टोल सुधार समितिका पदाधिकारीले टोल सुधारका लागि खानेपानी, सरसफाइ र पुरातात्विक महत्वको सेतो पाटीको संरक्षणलगायतका विषयमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : १६ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई