२०८३, २ आश्विन शनिबार

समृद्ध नेपालका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा

समृद्ध नेपालका लागि सहकारी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बाँस्कोटा


बनेपा, २२ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियानलाई सफल पार्न सहकारी क्षेत्रको भूमिका महत्वपूर्ण रहने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० उग्रतारा जनागालस्थित सेवानुङ बचत तथा ऋण सहकारी संंस्थाको कार्यालय उद्घाटन गर्दै उहाँले सरकार यतिबेला आर्थिक क्रान्तिको नयाँ युगमा प्रवेश गरेकाले यो राष्ट्रिय अभियानलाई साकार पार्न निजी तथा सहकारी क्षेत्रको लगानी आवश्यक रहेको बताउनुभयो ।

यसैगरी मन्त्री बाँस्कोटाले संस्थाका सञ्चालक समिति तथा टोल सुधार समितिसँगको छलफलमा काभ्रे एकीकृत खानेपानी आयोजना १० नं वडालाई समेट्न खोजे पनि सफल नभएकाले अन्य तीन वटा विकल्पबाट समस्याको समाधान गर्ने प्रक्रियामा रहेको बताउनुभयो । पहिलो नालामाथिको हिले जलजले ड्यामको डिपिआर बनाइसकेको र त्यसलाई लगानी गरी स्थायी प्रकृतिको ८०० मिटर लामो र २०० मिटर चौडा भएको प्राकृृतिक पोखरी बनाइ प्रयोगमा ल्याइने, दोस्रो टुकुचामा रहेको हिले जलजलेको पनि सभ्यता अध्ययन गरिरहेको र तेस्रो परियोजनाभित्र परे पनि पर्याप्त बजेट भएको साँगा बृहत् खानेपानीलाई पुलबजारसम्म पु¥याउने सोच सरकारको रहेको उहाँले बताउनुभयो । टोल सुधार समितिका पदाधिकारीले टोल सुधारका लागि खानेपानी, सरसफाइ र पुरातात्विक महत्वको सेतो पाटीको संरक्षणलगायतका विषयमा सरकारले सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २२ मंसिर शनिबार  ९ : १६ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै