२०८२, १३ माघ मंगलबार

‘सञ्चारक्षेत्रको वृत्ति विकासका लागि तत्पर’: मुख्यमन्त्री राउत

‘सञ्चारक्षेत्रको वृत्ति विकासका लागि तत्पर’: मुख्यमन्त्री राउत


धनुषा, २१ मङ्सिर : मुख्यमन्त्री लालबाबु राउतले सञ्चारक्षेत्रको वृत्ति विकासका लागि प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । प्रेस काउन्सिल नेपालले आजदेखि जनकपुरमा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार आचारसंहिता प्रशिक्षक प्रशिक्षण तालीमलाई सम्बोधन गर्नुहुँदै उहाँले मधेशका पत्रकारसँग हुँदै आएको विभेद अन्त्य गर्न प्रदेश सरकार हरेक कदम चाल्न तयार रहेको उल्लेख गर्नुभयो । उहाँले पत्रपत्रिकाको वर्गीकरणमा भेदभाव हुँदै आएकोले प्रदेश सरकारले छुट्टै प्रदेशस्तरीय प्रेस काउन्सिल गठन गर्न तयारी गरेको जानकारी गराउनुभयो ।

उहाँले पत्रकारलाई सत्य र निष्पक्ष कलम चलाएर प्रदेशलाई समृद्धिको बाटोमा लैजान सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले आमसञ्चार प्रतिष्ठानसमेत गठन गर्न लागेको जानकारी गराउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, महासङ्घका प्रदेश अध्यक्ष दिपेन्द्र चौहानलगायतको उपस्थित थियो ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ४३ बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै