२०८३, ३१ जेष्ठ सोमबार

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ : प्रधानमन्त्री ओली

विकास योजनाले राष्ट्रियता बलियो पार्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौँ, २१ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको सार्वभौम सत्ता, लोकतान्त्रिक प्रणाली, सामाजिक न्याय, राष्ट्रिय एकता एवं शान्ति र सुरक्षामा कोही कसैसँग सम्झौता नहुने बताउनुभएको छ । उहाँले भन्नुभयो, “देश विकासका योजना पनि ती उल्लेखित विषयलाई सम्बोधन गर्ने र बलियो पार्ने किसिमका हुनुपर्छ ।” राष्ट्रिय योजना आयोगले आज यहाँ आयोजना गरेको नेपालको दीर्घकालीन सोच र १५ औँ योजनाको तयारी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा छिटो विकास गरिने बताउनुभयो ।

विकासका लागि अरु देशका अनुभव, सीप र प्रविधि सजिलै उपलब्ध हुने हुनाले तिनलाई सदुपयोग गरेर अघि बढ्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी विश्वमा सबैभन्दा छिटो विकास गर्ने देश हुन सक्छौँ । हामीलाई विकासका कुनै नयाँ कुरा आविष्कार गरिरहनुपर्दैन । अरुले गरेका आविष्कार प्रयोग गरे पुग्छ ।” उहाँले १५ औँ पञ्चवर्षीय योजना २०७६÷०७७ देखि २०८०÷०८१ देश विकासका लागि नयाँ आयाम ‘टर्निङ प्वाइन्ट’ हुने चर्चा गर्दै अघिल्ला योजनाका समीक्षाको निष्कर्षबाट यस योजनालाई आधुनिक, प्रविधिमैत्री र तीव्र गतिमा अघि बढ्न सक्ने व्यावहारिक योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वदेशमा रहेका फलामखानीको उत्खनन, विद्युतीय ऊर्जाको उत्पादन र प्रयोग बढाउनु पर्ने र पेट्रोल, डिजेलजस्ता इन्धनको आयात घटाउन १५ औँ योजना केन्द्रित गर्न योजना आयोगलाई सुझाव दिनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “विद्युत्, सौर्य र अन्य वैकल्पिक ऊर्जाको प्रयोगबाट पेट्रोल र डिजेलको खपत घटाउने हो भने देशको अर्थतन्त्रमा ठूलो भरथेग हुन्छ । जेट्रोपाबाट पनि इन्धनको आपूर्ति गर्न सकिन्छ । त्यसैले खेतका कान्लामा यो प्रजातिको बोट रोप्ने अभियान सञ्चालन गर्नु पर्दछ ।”
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ७ : ३० बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क