२०८२, २५ माघ आईतबार

इपिएलको तेस्रो संस्करण शनिबारदेखि

इपिएलको तेस्रो संस्करण शनिबारदेखि


काठमाडौँ, २१ मङ्सिर : एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण शनिबारदेखि शुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पुस ७ गतेसम्म चल्ने सो प्रतियोगितामा नेपालका विभिन्न छ शहरको नामबाट छ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौँ किङ्ग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रियर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने प्रतियोगिताका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिनुभयो । शनिबार पहिलो खेल अघिल्लो संस्करणको विजेता विराटनगर वारियर्स र ललितपुर प्याट्रियर्सबीच हुनेछ । विराटनगर पारस खड्काको कप्तानीमा तथा ललितपुर ज्ञानेन्द्र मल्लको कप्तानीमा खेल्नेछ । पन्ध्र दिनसम्म चल्ने सो प्रतियोगितामा १९ खेल हुनेछन् । प्रतियोगिताको मुख्य आकर्षण विदेशी खेलाडी र अन्तर्राष्ट्रिय ‘चियर्स लिडर्स’ छन् । यसपटक प्रतियोगितामा आठ देशका १९ विदेशी खेलाडी खेल्दैछन् ।

राउण्ड रोविन लिगमा हुने प्रतियोगितामा प्रत्येक दिन दुई÷दुई खेल हुनेछन् । मङ्सिर २३ गते ललितपुर प्याट्रियर्स र चितवन टाइगर्स तथा दोस्रो खेल भैरहवा ग्लाडिएटर्स र पोखरा राइनोजबीच तथा मङ्सिर २४ गते चितवन र काठमाडौँ तथा पोखरा र ललितपुरबीच खेल हुनेछ । मङ्सिर २५ गते विराटनगर र पोखरा तथा चितवन र भैरहवाबीच खेल हुने आयोजकले जनाएको छ ।

यस्तै मङ्सिर २६ गते भैरहवा र विराटनगर तथा काठमाडौँ र ललितपुरबीच, मङ्सिर २८ गते विराटनगर र चितवन तथा पोखरा र काठमाडौँबीच खेल हुनेछ । मङ्सिर २९ गते भैरहवा र काठमाडौँ तथा चितवन र पोखराबीच, पुस १ गते ललितपुर र भैरहवाबीच तथा पुस २ गते भैरहवा र काठमाडौँबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगितालाई आइसिसीले मान्यता दिइसकेको छ । दर्शकका लागि टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीलाई रु ५० र अन्यलाई रु १०० शुल्क लाग्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ६ : ५७ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय