२०८३, १७ बैशाख शुक्रबार

सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् : मन्त्री बाँस्कोटा

सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् : मन्त्री बाँस्कोटा


काठमाडौँ, २१ मङ्सिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सञ्चार माध्यमहरुले अब आर्थिक समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्न तथ्यगत, यथार्थपरक र सही समाचार सम्प्रेषणलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । आज नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को चौथो साधारणसभाबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजित समारोहमा सञ्चारमन्त्री बाँस्कोटाले भन्नुभयो, “कसैको आलोचना गर्नकै लागिभन्दा तथ्यमा आधारित भएर समाजको सकारात्मक परिवर्तनको लागि समाचार लेख्नुस् ।”

सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले आर्थिक सुशासन र भ्रष्टाचार नियन्त्रण गरी मुलुकको आर्थिक समृद्धिका लागि पत्रकार लड्नुपर्ने दिन आएको उल्लेख गर्दै त्यसका लागि सहयोग गर्न सरकार सधैँ तयार छ भन्नुभयो । उहाँले देशमा ठूलाठूला आन्दोलनले मुलुकमा शान्ति आएको र शान्ति आएसँगै समृद्धिको बाटोमा मुलुक अघि बढेको भन्दै अब नयाँ पुस्ताले पहिलेको जस्तो सास्ती खेप्न नपर्ने बताउनुभयो । सो अवसरमा नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले प्रेस स्वतन्त्रताका लागि सरकारलाई गम्भीर बनिदिन आग्रह गर्नुभयो ।

साधारणसभाले सीताराम भट्टराईको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतले चयन गरेको छ । नवनिर्वाचित उपाध्यक्षमा इन्द्र बानियाँ, राजेश बर्मा र छविलाल बगाले, महासचिवमा नारायणप्रसाद पौडेल, सचिवमा चन्दा कार्की, कोषाध्यक्षमा रोयल आचार्य र सहसचिवमा विजय दमासे निर्वाचित हुनुभएको छ । कार्यसमितिको सदस्यमा कृष्णप्रसाद भट्टराई, अर्जुन पन्त, प्रजिता बुढाथोकी, मल्लिका घिमिरे, मोहम्द अजमत अली, रोविन पौडेल, दिप्ती भट्ट, रीना खत्री, शान्ति श्रेष्ठ, डोमी शेर्पा र फणीन्द्र दाहाल सर्वसम्मतले निर्वाचित हुनुभएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २१ मंसिर शुक्रबार  ५ : २८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले