२०८३, २ आश्विन शनिबार

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय

‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ, २० मङ्सिर: सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली युवा र अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘युनिभर्सल पिस फेडरेशन’बाट प्राप्त ‘लिडरसिप एण्ड गुड गर्भनेन्स अवार्ड’ सहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी सो कोषको स्थापना गरिएको हो ।”

यसैगरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैँबु भँैसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।साथै सोही जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास÷सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले ललितपुरको पुल्चोकस्थित हाल मन्त्री निवासमा रहेको परिसरमा १० वटा राजकीय अतिथिगृह निर्माण गर्ने र यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा राष्ट्रिय पुस्तकालय रहेको छेउको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिनुभयो । काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल्ड निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने पनि बैठकले निर्णय गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २० मंसिर बिहीबार  ७ : १३ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै