२०८२, २५ माघ आईतबार

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु


काठमाडौँ, १८ मङ्सिर :अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा आजदेखि ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा विकास श्रेष्ठले माल्दिभ्सका सरिम मोहमदलाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी आजै भएका अन्य खेलमा नेपालका विजित थापामगर, प्रफुल महर्जन, दीपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ पनि विजयी भएका छन् । खेलमा विजितले भुटानका सुभर्सन लामालाई २१–१९, २१–७ को सोझो सेटमा पराजित गरे भने प्रफुलले मोरिससका क्रिस्टोफर पाउललाई २१–१९, २१–१४ ले हराए ।

यसैगरी दीपेशले माल्दिभ्सका अहमद निबाललाई २१–८, २१–११, प्रिन्सले बङ्गलादेशका मङ्गल सिंहलाई २१–१५, १५–२१, २१–९ ले र नवीनले पनि बङ््गलादेशकै प्रतिद्वन्द्वी मोहम्मद सल्मान खानलाई २१–१५, २१–१९ ले पाखा लगाए । नेपालका तर्फबाट सहभागिता जनाएका गौतम कठायत, इरफान अन्सारी, दीपक बोहरा, रुकेश महर्जन, सुनील जोशी र साजनकृष्ण ताम्राकार भने पहिलो चरणमै पराजित भए ।

प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका ६१ महिला र ११७ पुरुषले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, माल्दिभ्स, बहराइन, थाइल्याण्ड, भियतनाम, मलेसिया, मरिसस, भुटान, ,श्रीलङ्का, बङ्गलादेश, इरान, मङ्गोलिया, पाकिस्तान, म्यानमार, सिङ्गापुर र भारत सहभागी छन् । प्रतियोगिता यही मङ्सिर २२ गतेसम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : ३८ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय