२०८२, २६ कार्तिक बुधबार

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु

अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता शुरु


काठमाडौँ, १८ मङ्सिर :अन्तर्राष्ट्रिय ब्याटमिन्टन महासङ्घको सहयोग तथा नेपाल ब्याडमिन्टन सङ्घको आयोजनामा आजदेखि ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को ब्याडमिन्टन हलमा भएको पहिलो खेलमा विकास श्रेष्ठले माल्दिभ्सका सरिम मोहमदलाई २१–१५, २१–७ को सोझो सेटमा पराजित गर्दै विजयी भएका हुन् । त्यसैगरी आजै भएका अन्य खेलमा नेपालका विजित थापामगर, प्रफुल महर्जन, दीपेश धामी, प्रिन्स दाहाल र नवीन श्रेष्ठ पनि विजयी भएका छन् । खेलमा विजितले भुटानका सुभर्सन लामालाई २१–१९, २१–७ को सोझो सेटमा पराजित गरे भने प्रफुलले मोरिससका क्रिस्टोफर पाउललाई २१–१९, २१–१४ ले हराए ।

यसैगरी दीपेशले माल्दिभ्सका अहमद निबाललाई २१–८, २१–११, प्रिन्सले बङ्गलादेशका मङ्गल सिंहलाई २१–१५, १५–२१, २१–९ ले र नवीनले पनि बङ््गलादेशकै प्रतिद्वन्द्वी मोहम्मद सल्मान खानलाई २१–१५, २१–१९ ले पाखा लगाए । नेपालका तर्फबाट सहभागिता जनाएका गौतम कठायत, इरफान अन्सारी, दीपक बोहरा, रुकेश महर्जन, सुनील जोशी र साजनकृष्ण ताम्राकार भने पहिलो चरणमै पराजित भए ।

प्रतियोगितामा नेपालसहित विभिन्न २० राष्ट्रका ६१ महिला र ११७ पुरुषले सहभागिता जनाएका छन् । प्रतियोगितामा नेपालसहित, अमेरिका, जर्मनी, फ्रान्स, अष्ट्रेलिया, माल्दिभ्स, बहराइन, थाइल्याण्ड, भियतनाम, मलेसिया, मरिसस, भुटान, ,श्रीलङ्का, बङ्गलादेश, इरान, मङ्गोलिया, पाकिस्तान, म्यानमार, सिङ्गापुर र भारत सहभागी छन् । प्रतियोगिता यही मङ्सिर २२ गतेसम्म चल्नेछ ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ९ : ३८ बजे

डिजिटल सेवामा अग्रसर नेपाल बैंक : दराजसँग भुक्तानी सेवा सम्झौता

काठमाडौं । नेपालको पहिलो र विश्वासिलो बैंक नेपाल बैंक लिमिटेडले

रारा ताल:धर्तिको अप्सरा जस्तो अनुपम सौन्दर्य

काठमाडौं । सुदूरपश्चिम नेपालको हिमाली काखमा बसेको रारा ताल, जसलाई

क्यारेबियनमा अमेरिकाको युद्ध तयारीपछि भेनेजुएलाको सैन्य शक्ति प्रदर्शन तीव्र

कराकास । दक्षिणी क्यारेबियन क्षेत्रमा अमेरिकाले युद्धपोत र शक्तिशाली पनडुब्बीहरू

मुख्यमन्त्री यादवले गरे पदभार ग्रहण, मधेसका शहीदलाई मधेस रत्न दिइने पहिलो निर्णय

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादवले आज

लन्डनमा सुतेकै अवस्थामा नेपाली विद्यार्थीको निधन, भोलिपल्ट सर्टिफिकेट लिने तयारीमा थिए

लन्डन । लन्डनमा एक नेपाली विद्यार्थी सुतेकै अवस्थामा मृत भेटिएका