२०८२, १३ माघ मंगलबार

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ: मुख्यमन्त्री राई

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ: मुख्यमन्त्री राई


इलाम, १८ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताउनुभएको छ । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उहाँले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभयो ।

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा आज यहाँस्थित माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिनुभयो ।

“हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं”, उहाँले भन्नुभयो, “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।” योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताउनुभयो । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ६ : ३० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै