२०८३, २ आश्विन शनिबार

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ: मुख्यमन्त्री राई

प्रदेशले तत्कालै महिला मन्त्री पाउँछ: मुख्यमन्त्री राई


इलाम, १८ मङ्सिर : प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रालयको सङ्ख्या बढाएर भए पनि तत्कालै महिलामन्त्री राखिने बताउनुभएको छ । मन्त्रिपरिषद्मा महिलालाई प्राथमिकता नदिएको भन्दै मुख्यमन्त्रीको आलोचना भइरहेका बेला उहाँले केही समयपछि नै प्रदेशले महिला मन्त्री पाउने आश्वासन दिनुभयो ।

किराँत धर्मगुरू आत्मानन्द लिङ्देन ‘सेइङ’ को ६५औँ जन्मोत्सवका अवसरमा आज यहाँस्थित माङसेबुङमा आयोजित कार्यक्रममा मुख्यमन्त्री राईले प्रदेशको नामाकरण र स्थायी राजधानीका बारेमा भने हिउँदे अधिवेशनका बेला प्रस्ताव लगिने जानकारी दिनुभयो ।

“हामीले स्थायी राजधानी र प्रदेशको नामाकरणका बारेमा छलफल गरिरहेका छौं”, उहाँले भन्नुभयो, “आगामी हिउँदे अधिवेशनमा सरकारले यस सम्बन्धी प्रस्ताव लाने तयारी गरेको छ ।” योजना तथा अर्थमन्त्री इन्द्रबहादुर आङ्बोले आत्मनन्द लिङ्देन देशकै गहना भएको बताउनुभयो । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले किराँत धर्मका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ६ : ३० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै