२०८३, १२ आश्विन मंगलबार

महिनावरीका भएका बेला पेट दुख्छ ? दुध र बेसार खानुहोस्, हुनेछ च्वाट्टै

महिनावरीका भएका बेला पेट दुख्छ ? दुध र बेसार खानुहोस्, हुनेछ च्वाट्टै


स्वास्थ्य जीवनका लागि सबै भन्दा ठूलो कुरा हो। जब हामी स्वस्थ हुन्छौँ, तब मात्र जीवनमा खुसी, मिल्छ, काम गर्न मन लाग्छ र जीवनलाई सफल रुपमा स्थापित गर्न सक्छौँ । तर जीवन नै सफल भएन भने हाम्रो जीवन नै असफल बनिदिन सक्छ।

हामीले सानो तिनो विरामी भयौँ भन्दैमा डाक्टरी औषधि सेवन गर्नै पर्छ भन्ने छैन्। हामीले घरेलु औषधिको सेवन गर्दा स्वास्थ राम्रो पनि हुन्छ तर सानासाना रोग पनि निको हुने गर्दछन्। आज हामीले विभिन्न समस्याका विरामीका लागि यस्तै एक घरेलु उपचारका बारेमा जानकारी दिदैछौँ ।

दुध र बेसारको सेवन
दुध स्वास्थ्यका लागि जति फाइदा जनक हुन्छ त्यति नै बेसारका पनि फाइदा छन्। दुध र बेसार मिसाएर सेवन गर्दा पाचन यन्त्र चुस्त रहनेदेखि महिनावारीमा हुने पेटको दुखाईसम्मको समस्या कम हुन सक्छ। आज हामीले दध र बेसारका अरु फाइदाका बारेमा पनि चर्चा गर्दैछौँ।

अल्सरमा उपयोगी
दुध र बेसार यस्तो शक्तिशाली एन्टी सेप्टिक हुन्छ, जसले पेटको अल्सरलाई समेत ठीक गर्छ । यसले पाचनलाई राम्रो बनाउँछ। अल्सर, डाइरिया र अपच हुन दिदैन।

महिनावरीमा हुने दुखाईबाट छुटकारा
बेसार भएको दुध पिउदा महिनावरीको क्रममा हुने दुखाई पनि कम गर्छ।

कलेजको बिषाक्त पदार्थ हटाउँछ
दुधमा बेसार मिसाएर पिउँदा त्यसले प्राकृतिक तरिकाले कलेजोको बिषाक्त पदार्थ निकाल्छ । यसैले गर्दा रगत शुद्धिकरण पनि हुन्छ।

पाचन यन्त्र चुस्त राख्छ
दुधमा बेसार मिसाएर पिउँदा पाचन प्रणाली चुस्त रहन्छ । तर, धेरै फ्याट भएको दुध सजिलै पच्दैन ।

हड्डी बलियो बनाउँछ
बेसार र दुधको मिश्रणमा क्याल्सियम बढी हुन्छ । दैनिक यस्तो दुध पिउनाले हड्डी बलियो बनाउँछ।

क्यान्सरसँग लड्ने क्षमता
बेसारमा करक्यूमिन रहेको हुन्छ। यसले क्यान्सरको कोसिका रोक्ने क्षमता राख्छ। त्यसैले दुध र बेसार पिउदा क्यान्सरसँग लड्ने क्षमता पनि बढ्छ।

राम्रो निन्द्रा लाग्छ
यदि तपाईलाई अनिन्द्राको समस्या छ भने बेसार र दुध पिउनु लाभदायक हुन्छ। बेसार मिसाइएको दुधमा ट्रायटोफन हुन्छ, जसले राम्ररी निन्द्रा लगाउँछ।

प्रकाशित मिति : २०७५, १८ मंसिर मंगलबार  ८ : ४१ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय