२०८२, १३ माघ मंगलबार

प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने

प्रदेश ३ को राजधानी मतदानबाटै टुङ्गो लगाइने


हेटौँडा, १७ मङ्सिर: प्रदेशसभाको आगामी बैठकले प्रदेश नं ३ को स्थायी राजधानीबारे टुङ्गो लगाउने भएको छ । सभामुख सानुकुमार श्रेष्ठको आह्वानमा आज अपराह्न बसेको सर्वदलीय बैठकले संसदीय प्रक्रियाबाटै राजधानीबारे टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।

उपसभामुख राधिका तामाङले सहमतिमै राजधानीको विषय टुङ्ग्याउन प्रयास गरिने बताउनुभयो । “सहमतिबाटै टुङ्ग्याउँदा पनि संसदीय प्रक्रियामा जानैप¥यो”, उहाँले भन्नुभयो, “यदि सहमति हुन नसके मतदानबाटै टुङ्गो लगाउनुपर्छ, प्रदेशसभाको आगामी बैठकमा राजधानीको विषयले प्रवेश पाउँछ ।”

यद्यपि बैठकको मिति भने टुङ्गो लागेको छैन् । मङ्सिर २७ गतेअघि सम्भव नभए पुस ७ गतेपछि बैठक बोलाउने तयारी छ । उपसभामुख तामाङका अनुसार यस अवधिमा काङ्गे्रस महासमिति बैठक र नेवारी समुदायको चाड परेकाले बैठक बस्ने सम्भावना न्यून छ । प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले मकवानपुरको हेटौँडासहित, काभ्रे, भक्तपुर, नुवाकोट र चितवनलाई विकल्पका रुपमा छनोट गरिसकेको छ । प्रदेशसभामा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र दुई तिहाइ छ । तर हेटौँडालाई स्थायी राजधानी बनाउन नेकपाकै अधिकांश सांसदहरु विपक्षमा छन् ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ९ : ५० बजे

एमाले मकवानपुर चुनावी मोर्चामा

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निर्णायक

निर्वाचन आचारसंहिता लागू गराउन देशभरका पालिका र जिससलाई सर्कुलर

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्वाचन आचारसंहिता,

प्रचण्डलाई झलनाथको चेतावनी : अधिनायकवादी शैलीले नेकपा टुट्छ

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै