२०८२, २६ मंसिर शुक्रबार

शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल

शिक्षकले आफ्नो पेशालाई मर्यादित बनाउनुपर्छः मुख्यमन्त्री पौडेल


हेटौँडा, १७ मङ्सिर: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो पेशालाई मर्यादित बनाउन शिक्षकलाई आग्रह गर्नुभएको छ । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले आज हेटौँडामा आयोजना गरेको सुझाव सङ्कलन कार्यशालामा उहाँले हकअधिकारसँगै कर्तव्यलाई पनि नभुल्न र विकसित ज्ञान प्रविधिसँग जोडिन शिक्षकलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले शिक्षा नीति निर्माणकै चरणदेखि सङ्घ, प्रदेश र स्थानीय तह प्रस्ट हुनुपर्ने विचार व्यक्त गर्नुभयो । “वर्षौंदेखि जुन शिक्षा नीतिको विरोध गर्दै आयौँ,” उहाँले भन्नुभयो, “अब हामी सरकारमा छौँ, व्यक्तिमुखी होइन निष्पक्ष भएर नीति बनाऔँ ।” जिल्ला समन्वय समिति मकवानपुरका सहसंयोजक भगवती पुडासैनीले सबै विद्यालयमा अनिवार्य रुपले बाल विकास केन्द्र सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य प्रा डा शारदा थपलियाको अध्यक्षतामा भएको सो कार्यशालामा आयोगका तर्फबाट डा भोजराज काफ्लेले प्रारम्भिक बाल तथा आधारभूत शिक्षा, माध्यमिक शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षा र तालीम, अनौपचारिक साक्षरता, उच्च शिक्षा, समावेशी र समसामयिक विषयवस्तु, शिक्षामा गुणस्तर र सुशासन तथा वित्त र साझेदारी विषयमा खुला सुझाव सङ्कलन गरिरहेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ७ : ०३ बजे

शीतलनिवासमा नवनियुक्त चार मन्त्रीले लिए शपथ

काठमाडौं । नवनियुक्त चार मन्त्रीले शुक्रबार शीतलनिवासमा पद तथा गोपनीयताको

एमाले महाधिवेशन १०८ रोपनी क्षेत्रमा उपत्यकाको संस्कृति झल्किने भव्य मञ्च

भक्तपुर । नेकपा (एमाले)ले ११औँ महाधिवेशनको उद्घाटनका लागि भक्तपुर सल्लाघारीमा

पाल्पामा जिप दुर्घटना : तीनको मृत्यु, दुई जनाको पहिचान खुल्याे, आठ जना घाइते

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४, मित्याल चिउरेबासमा जिप दुर्घटना हुँदा

शेरधन राईको दाबी ‘सचिव पद मेरो स्वाभाविक हक, रोक्न सक्ने कोही छैन’

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी

ईश्वर पोखरेल सुशीलासँग मिलेर मेरो विरुद्ध लागे : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र वरिष्ठ