२०८२, २२ बैशाख सोमबार

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन


काठमाडौँ, १७ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण प्रक्रियामा केही अवरोध आएपछि मन्त्री पुनले आज त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि, भारतीय ठेकेदार टेक्सम्याको रेलवे इञ्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई तत्काल समााधन गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

आजको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनाका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिनुभएको छ । “अब समय थप्ने काम हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौँ, आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्,” मन्त्री पुनले भन्नुभयो । समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनीसमेत मन्त्री पुनले दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित ऊर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतिका बारेमा जानकारी लिन दोलखा पुग्नुभएको थियो । उहाँले आयोजनामा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिँदै आउनुभएको छ । टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसीमाभित्रै खाका बुझाउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ५१ बजे

लागुऔषध नियन्त्रणदेखी फरार अभियुक्त पक्राउसम्मको तथ्य

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्‌लेले आफ्‌नो एक वर्षे बसाईका क्रममा

हेटौंडामा सडक भासिँदा गाडी जमिनभित्र गायब

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा

विश्वभरको मानव अधिकारको अवस्था प्रतिकुल बन्दै गएकोमा चिन्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको प्रभावले विनाशकारी प्रवृत्तिहरूलाई

आजको मौसम : कोशी, मधेस, बागमती र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु

एनआरएनए एकता महाधिवेशन उदघाटन गर्न राष्ट्रपतिलाई निम्तो 

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को यही वैशाख २०