२०८३, २ आश्विन शनिबार

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन

माथिल्लो तामाकोशीको काम तत्काल अघि बढाउन मन्त्री पुनको निर्देशन


काठमाडौँ, १७ मङ्सिर : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको काम तत्काल प्रभावकारी रुपमा अगाडि बढाउन निर्देशन दिनुभएको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको निर्माण प्रक्रियामा केही अवरोध आएपछि मन्त्री पुनले आज त्यस्तो निर्देशन दिनुभएको हो । मन्त्री पुनले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, आयोजना प्रमुख विज्ञानप्रसाद श्रेष्ठ, परामर्शदाता कम्पनीका प्रतिनिधि, भारतीय ठेकेदार टेक्सम्याको रेलवे इञ्जिनियरिङलाई राखेर आयोजनामा देखिएको समस्यालाई तत्काल समााधन गर्न निर्देशन दिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

आजको छलफलमा मन्त्री पुनले कामको गति बढाउन निर्देशन दिनाका साथै निर्माण कम्पनीलाई सात दिनभित्र काम अघि बढाउने स्पष्ट खाकासहित प्रस्तुत हुन निर्देशन दिनुभएको छ । “अब समय थप्ने काम हुँदैन, गुणस्तरमा पनि हामी सम्झौता गर्दैनौँ, आयोजनाको काम कहाँ कसरी र कहिले सक्ने हो त्यसको स्पष्ट खाकासहित सात दिनभित्र जवाफसहित प्रस्तुत हुनुहोस्,” मन्त्री पुनले भन्नुभयो । समयमा काम अघि नढाइएको खण्डमा र खाका प्रस्तुत नगरे ठेक्का तोडेर भए पनि प्रक्रिया अघि बढाउने चेतावनीसमेत मन्त्री पुनले दिनुभएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहित ऊर्जामन्त्री पुन यसअघि आयोजनाको प्रगतिका बारेमा जानकारी लिन दोलखा पुग्नुभएको थियो । उहाँले आयोजनामा देखिएको समस्या समाधान गर्न सम्बन्धित पक्षलाई पटक–पटक निर्देशन दिँदै आउनुभएको छ । टेक्सम्याको कम्पनीले काम छिटोभन्दा छिटो अघि बढाउने र समयसीमाभित्रै खाका बुझाउने प्रतिबद्धता जनाएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ५१ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै