२०८३, २४ आश्विन आईतबार

नेकपा प्रदेश कमिटीमा काभ्रेका टोकवहादुर देखि रेशम लामा सम्म, अरु को को परे ? हेर्नुहोस

नेकपा प्रदेश कमिटीमा काभ्रेका टोकवहादुर देखि रेशम लामा सम्म, अरु को को परे ? हेर्नुहोस


काभ्रे, १७ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी नेकपाले प्रदेश कमिटी सदस्यहरुको नामावली सोमबार सार्वजनिक गरेको छ । केन्द्रीय सचिवालयले पारित गरेको सदस्यहरुको नाम सार्वजनिक भएकोमा एमाले तीन नंवर प्रदेश कमिटीमा काभ्रेबाट २१ जनाको नाम समावेश भएको छ । ३ नंवर प्रदेश कमिटीमा तत्कालिन नेकपा एमालेबाट १ सय १६ जना परेका छन् । जसमा काभ्रेबाट १२ जनाको नाम समावेश भएको छ ।

काभ्रेबाट प्रदेश कमिटी सदस्यहरुमा एमालेका तत्कालिन जिल्ला अध्यक्ष एवं मण्डन देउपुर नगरपालिकाका मेयर टोकवहादुर वाइवा, पुर्व सभासद कृष्णप्रसाद सापकोटा, रामहरि सुवेदी, विदुर सापकोटा, इश्वरी पौडेल, तुयुकाजी ताम्राकार रहेका छन् ।

यस्तै प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, गोमा भुर्तेल,जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिकाकी उपमेयर निर्मला शाही, कुमार खकुरेल समेत परेका छन् । यस्तै राप्रपा छोडेर आएका पुर्व राज्यमन्त्री रेशमवहादुर लामा नेकपाको प्रदेश कमिटि सदस्य बनेका छन् ।

तत्कालिन नेकपा माओवादी केन्द्रबाट १ सय १ जना प्रदेश कमिटी सदस्य रहेकोमा काभ्रेबाट पूर्व राज्यमन्त्रि सुर्यमान दोङ्ग, प्रतिनिधिसभा सदस्य गंगावहादुर दोङ लगाएत ९ जना परेका छन् । तत्कालिन नेकपा माओवादी केन्द्रबाट इन्द्रवहादुर थिङ,रुकु चौलागाईं, चौरीदेउराली गाउँपालिका अध्यक्ष दिनानाथ गौतम, पुर्व सभासद तेजवहादुर मिजार, मिना तामाङ, महाभारत गाउँपालिका अध्यक्ष कान्छामान तामाङ र भीमवहादुर वाइवा नेकपाको प्रदेश कमिटिमा परेका हुन् ।

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ३४ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५