२०८१, २१ भाद्र शुक्रबार

मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ : मन्त्री बाँस्कोटा


काभे्रपलाञ्चोक, १६ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ । नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई तत्काल हटाउनुपर्छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न, यसलाई तत्काल हटाउनुपर्छ ।” इँटाभट्टाको विषयमा तत्काल छानविन गरी मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिदैं उहाँले “कार्बनको जालो हुनु भनेको सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक हो, यो जनताको हितमा छैन, यसलाई हटाउनु पर्छ ।” मन्त्री बाँस्कोटाले मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्माण सामग्री त चाहिन्छ, तर मानव स्वास्थ्यमा प्रतिकूल असर पारेर हैन, त्यसैले यसका उद्योगीले पनि वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुस् ।” मन्त्री बाँस्कोटाले कोशी नदीको बगर तथा बीचमा भएका क्रसरको पनि तत्काल छानविन गरी कारवाही गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रकृति र समाज सके राम्रो बनाउनुस् नसके नबिगार्नुस् ।” मन्त्री बाँस्कोटाले सबै क्षेत्रका बेथिती नियमन गर्न लागेको बताउँदै मुलुकमा भइरहेका घटनामध्ये ९२ प्रतिशत चिनेजानेका र आफन्ताबाटै भएको बताउनुभयो ।

“महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानूनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्छौँ”, उहाँले भन्नुभयो, “आउँदो सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने सरकारको नीति छ ।” मन्त्री बाँस्कोटाले यो बुलेटबाट होइन, ब्यालेटबाट आएको सरकार हो, त्यसैले चुनावमा बोलेका वाचा सबै पूरा गर्छौं भन्दै निकट भविष्यमै सरकारले ४८ वटा ठूला परियोजनाको उद्घाटन र शिलान्यास गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रदेशसभा सदस्य चन्द्र लामा, गोमा भूर्तेल र रत्न ढकाललगायतले विधिको शासनले मात्रै समृद्धि हुने भएकाले जनताको चाहनाअनुरुप काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । कूल रु चार करोड ६६ लाख ६३ हजारमा सो भवन निर्माण भएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ८ : ३९ बजे

भृकुटीमण्डपमा विद्युतीय अन्तर्राष्ट्रिय प्रदर्शनी सुरु

काठमाडौ । काठमाडौँमा ‘तेस्रो नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक तथा

तीज पर्वले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्य गर्ने सभामुख घिमिरेको विश्वास

काठमाडौं । सभामुख देवराज घिमिरेले तीजले महिलाविरुद्ध हुने सबै प्रकारका

तीज गीतमा छैन मौलिकता : परिवारसँगै बसेर सुन्न र हेर्न नसकिने

आकांक्षा धामी काठमाडौं । पछिल्लो समय नेपाली समाजमा तीज गीतहरूको

मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

‘अशक्तहरुले तीजमा ब्रत बस्नैपर्छ भन्ने शास्त्रमा उल्लेख छैन’

अहिलेको समाजमा न त शास्त्रको मर्यादा छ, न कुलको परम्परा