२०८२, ७ फाल्गुन बिहीबार

मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ : मन्त्री बाँस्कोटा

मानव बस्तीबाट कार्बनको जालो हटाउनुपर्छ : मन्त्री बाँस्कोटा


काभे्रपलाञ्चोक, १६ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मानव बस्ती नजिकका इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनको जालोलाई तत्काल हटाउनुपर्ने बताउनुभएको छ । नमोबुद्ध नगरपालिकाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “नगरपालिकाको भकुण्डेस्थित इँटाभट्टाबाट उत्सर्जन हुने कार्बनले मानवीय स्वास्थ्यमा गम्भीर असर पु¥याइरहेकाले यसलाई तत्काल हटाउनुपर्छ ।”

मन्त्री बाँस्कोटाले भन्नुभयो, “मुलुकका जुनसुकै मानव बस्तीमा कार्बनको जालो हुनुहुन्न, यसलाई तत्काल हटाउनुपर्छ ।” इँटाभट्टाको विषयमा तत्काल छानविन गरी मानव बस्तीबाट हटाउन स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिदैं उहाँले “कार्बनको जालो हुनु भनेको सुन्दर, हरियाली र स्वच्छ नगरको बाधक हो, यो जनताको हितमा छैन, यसलाई हटाउनु पर्छ ।” मन्त्री बाँस्कोटाले मानवबस्तीबाट टाढा इँटा उद्योग राख्न आग्रह गर्दै सरकारले सहुलियतमा वैकल्पिक व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “निर्माण सामग्री त चाहिन्छ, तर मानव स्वास्थ्यमा प्रतिकूल असर पारेर हैन, त्यसैले यसका उद्योगीले पनि वैकल्पिक व्यवस्थापनतर्फ लाग्नुस् ।” मन्त्री बाँस्कोटाले कोशी नदीको बगर तथा बीचमा भएका क्रसरको पनि तत्काल छानविन गरी कारवाही गर्न स्थानीय प्रशासन र सुरक्षाकर्मीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रकृति र समाज सके राम्रो बनाउनुस् नसके नबिगार्नुस् ।” मन्त्री बाँस्कोटाले सबै क्षेत्रका बेथिती नियमन गर्न लागेको बताउँदै मुलुकमा भइरहेका घटनामध्ये ९२ प्रतिशत चिनेजानेका र आफन्ताबाटै भएको बताउनुभयो ।

“महिला हिंसा घटनाका ९५ प्रतिशतलाई कानूनी दायारमा ल्याइएको छ, बाँकी ढिलोचाँडो कठघरामा ल्याएरै छाड्छौँ”, उहाँले भन्नुभयो, “आउँदो सन् २०२१ सम्ममा सबै नेपालीका घरमा आधारभूत खानेपानी उपलब्ध गराउने सरकारको नीति छ ।” मन्त्री बाँस्कोटाले यो बुलेटबाट होइन, ब्यालेटबाट आएको सरकार हो, त्यसैले चुनावमा बोलेका वाचा सबै पूरा गर्छौं भन्दै निकट भविष्यमै सरकारले ४८ वटा ठूला परियोजनाको उद्घाटन र शिलान्यास गर्ने जानकारी दिनुभयो ।

कार्यक्रममा सांसद गङ्गाबहादुर दोङ, नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जु, प्रदेशसभा सदस्य चन्द्र लामा, गोमा भूर्तेल र रत्न ढकाललगायतले विधिको शासनले मात्रै समृद्धि हुने भएकाले जनताको चाहनाअनुरुप काम गर्न स्थानीय तहका जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । कूल रु चार करोड ६६ लाख ६३ हजारमा सो भवन निर्माण भएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ८ : ३९ बजे

महेश बस्नेत : बालकोटको साँझ उठ्यो जनविश्वासको हुँकार…

भक्तपुर । साँझ ढल्किसकेको थियो । बालकोटका घर र गल्लीहरूमा

राजनीति वालवालिकाको सुन्दर भविश्यका निम्ती केन्द्रीत हुनुपर्छः मनोजजंग

सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार

नेपाली कांग्रेसले सार्वजनिक गर्‍यो १०‑बुँदे प्रतिज्ञापत्र

काठमाडौँ । नेपाली कांग्रेसले आज जनकपुरमा आयोजित कार्यक्रममार्फत आफ्नो प्रतिज्ञापत्र

एमाले अध्यक्ष केपी शर्मा ओली बालबालिकाका सच्चा संरक्षक हुन् : अमित लामा

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि सभा

आगामी निर्वाचन भ्रष्टाचारविरुद्धको महाअभियान हो : अमित लामा

बनेपा । नेकपा एमाले का केन्द्रीय सदस्य तथा काभ्रेपलाञ्चोक प्रतिनिधि