२०८३, २ आश्विन शनिबार

विकास निर्माणमा स्थानीयवासी जागरुक बन्नुपर्छ : मुख्यमन्त्री पौडेल

विकास निर्माणमा स्थानीयवासी जागरुक बन्नुपर्छ : मुख्यमन्त्री पौडेल


चितवन, १६ मङ्सिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विकास निर्माणका लागि स्थानीय आफै जागरुक बन्नुपर्ने बताउनुभएको छ । धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको भरतपुर महानगरपालिका–११ गणेशस्थान क्षेत्रको आज निरीक्षण गर्दै उहाँले गणेशस्थानलाई गणेशधामका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने बताउनुभयो ।

धाम निर्माणका लागि स्थानीय जुटेकामा खुशी व्यक्त गर्दै उहाँले गणेशधाम प्रदेश नं ३ को आकर्षक पर्यटकीय गन्तब्य बन्ने भएकाले भौतिक निर्माणको काममा ढिलाई नगर्न आग्रह गर्नुभयो । सोही अवसरमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले गणेशधाम क्षेत्रका सामुदायिक वनमा उत्पादन मूलक फलफूलका विरुवा रोप्न आग्रह गर्दै गणेशधामलाई हरियाली बनाउन कृषि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रदेशसभा सदस्य विजय सुवेदी र गणेशस्थान व्यवस्थापन समितिका अध्यक्ष दिनेशकुमार चुकेले धाम निर्माणका लागि भइरहेका कार्यका बारेमा जानकारी दिनुभयो । गणेशधाम निर्माणका लागि यही मङ्सिर २२ गतेदेखि २९ गतेसम्म धनधाञ्याचल ज्ञान महायज्ञ तथा आध्यात्मिक महोत्सव २०७५ को आयोजना गरिएको छ ।

महायज्ञ सञ्चालनका लागि गणेशस्थान मन्दिर संरक्षण तथा संवद्र्धन समितिका अध्यक्ष दिनेशकुमार चुकेको संयोजकत्वमा पाँच हजार एक सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । महायज्ञमा युवावाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचन दिनुहुनेछ । विस्तृत अध्ययन प्रतिवेदन अनुसारको काम सम्पन्न गर्न करीब रु ८० करोड लाग्ने अनुमान गरिएको छ । ४४ बिघा जमिनमा गणेशधाम निर्माण गर्ने र २५ बिघामा तलाउ निर्माण गरिने छ ।

सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, गणेश, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रमा तलाउ, पार्कलगायतका संरचना निर्माण हुने छन् । धाम निर्माणका लागि प्रदेश नं ३ सरकारले रु ८० लाख विनियोजन गरिसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १६ मंसिर आईतबार  ७ : १० बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै