२०८२, १९ कार्तिक मंगलबार

मुलुकको समृद्धिका लागि औद्योगिकीकरणमा जोड दिनुपर्छः मुख्यमन्त्री पोखरेल

मुलुकको समृद्धिका लागि औद्योगिकीकरणमा जोड दिनुपर्छः मुख्यमन्त्री पोखरेल


बुटवल, १५ मङ्सिर : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बद्लिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग र परम्परागत प्रणालीको विस्थापन आजका उद्योगको समस्या भएको बताउनुभएको छ । रुपन्देही उद्योग सङ्घको ४१ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमको उद्घाटन गर्दै उहाँले ट्रेडको विजनेशलाई कम गर्दै उत्पादनमूलक उद्योगको विकास र व्यवसायको जर्गेना गर्न नसक्दासम्म देशको आर्थिक विकास तथा औद्योगिकीकरण हुन नसक्ने बताउनुभयो ।

मुख्यमन्त्री पोखरेलले औद्योगिक विकासका लागि औद्योगिक क्षेत्रको स्थापना र यसको संरक्षण कसरी गर्न सकिन्छ भनेर प्रदेश सरकारले गम्भीरतापूर्वक अध्ययन गरिरहेको उल्लेख गर्दै प्रदेश सरकारको जिम्मामा नआउने औद्योगिक क्षेत्रका बारेमा कुनै काम गर्न नसक्ने बताउनुभयो । उद्योग स्थापनाका लागि भू–स्वामित्व तथा भूमिको वर्गीकरणका विषयमा रहेको अन्योलता नहट्दासम्म समस्या रहिरहने बताउँदै उहाँले सामूहिकताको भावना विकास गर्न उद्योगीलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री पोखरेलले जमीनमा बढेको अस्वभाविक मूल्यवृद्धिले नयाँ उद्योग स्थापना हुन अप्ठ्यारो भएको चर्चा गर्दै प्रदेश सरकार उद्योगीका सबै समस्या समाधान गर्ने गरी उद्योगमैत्री कानून निर्माणमा लागेको जानकारी दिनुभयो । औद्योगिक सरोकारका विषयमा छलफल गरी नीति र कानून निर्माणका लागि सुझाव दिन उद्योगी व्यवसायीलाई आग्रह गर्दै उहाँले संविधान निर्माण र तीन तहको चुनावपछि राजनीतिक सङ्क्रमण अन्त्य भए पनि शासन प्रणालीमा भएको परिवर्तनको सङ्क्रमणको व्यवस्थापन गर्ने काम भइरहेकोले सरकारको कामको नतिजाका लागि अहिल्यै हतार गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगको स्थापना विस्तृत अध्ययन र दीर्घकालीन प्रभाव मूल्याङ्कन विनाअनुमति दिएका कारण हाल सञ्चालनमा रहेका उद्योग स्थानान्तरणको समस्या झेल्न बाध्य भएको बताउनुभयो । विस्तृत अध्ययन र दीर्घकालीन प्रभाव मूल्याङ्कन गरेर मात्रै त्यस्तो अनुमति दिनुपर्नेमा जोड दिदैं उहाँले करको दायरामा आएर सरकारलाई सहयोग गर्न उद्योगीलाई आग्रह गर्नुभयो । नेपाल उद्योग परिसङ्घका प्रदेश नं ५ संयोजक एजाज आलमले उद्योगी व्यवसायी फाइल बोकेर अहिले पनि सङ्घीय राजधानी धाउनुपरेको बताउँदै यसप्रति प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो । सङ्घका अध्यक्ष गणेशप्रसाद अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा मुख्यमन्त्री पोखरेलले नेपाल पत्रकार महासङ्घ रुपन्देहीसँगको सहकार्यमा रुपन्देही उद्योग सङ्घले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७४ बाट पत्रकार तेजेन्द्र केसीलाई सम्मान गर्नुभयो । पुरस्कारको राशि रु ३५ हजार ५५५ छ । यो पुरस्कार प्रत्येक वर्ष औद्योगिक क्षेत्रसँग सम्बन्धित समाचार लेख्ने एक जना पत्रकारलाई रुपन्देही उद्योग सङ्घको स्थापना दिवसका अवसरमा प्रदान गरिँदै आएको छ । त्यसैगरी विधागतरुपमा उत्कृष्ट रहेका एक दर्जन उद्योगीलाई पनि सो अवसरमा सम्मान गरिएको थियो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : ०१ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई