२०८३, ३१ जेष्ठ सोमबार

चैत महीनाभित्र ६०० वटा विद्यालयलाई डिजिटलाइजेसन गर्छु : मन्त्री बाँस्कोटा

चैत महीनाभित्र ६०० वटा विद्यालयलाई डिजिटलाइजेसन गर्छु : मन्त्री बाँस्कोटा


काभ्रेपलाञ्चोक, १५ मङ्सिर: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आउँदो चैत महीनाभित्र ६०० वटा माध्यमिक विद्यालयलाई डिजिटलाइजेसन गरिने बताउनुभएको छ । पाँचखाल नगरपालिका–१२ कोशीदेखास्थित श्रीराम माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले भन्नुभयो, “प्रत्येक निर्वाचन क्षेत्रका तीन वटा सामुदायिक विद्यालयलाई डिजिटलाइजेसन गरिने छ ।”

मन्त्री बाँस्कोटाले प्रदेश नं २ को निर्वाचन क्षेत्रमा भने छ वटाका दरले विद्यालयलाई डिजिटलाइजेसन गरिने बताउँदै “आर्थिक अवस्था कमजोर भएका क्षेत्रको विद्यालयलाई डिजिटलाइजेसन गर्ने कार्यलाई विशेष प्राथमिकता दिइनेछ”, भन्नुभयो । “प्रविधिसँग जोड्न कम्प्युटरका माध्यमबाट जीवन निर्वाहमुखी शिक्षा उपलब्ध गराउने नीति रहेको छ”, उहाँले भन्नुभयो, “कम्प्युटर ल्याब स्थापनामार्फत डिजिटलाइजेसनको अभियान कर्णाली प्रदेशबाट केही दिनमै शुरु हुन्छ ।”

मन्त्री बाँस्कोटाले कर्णाली प्रदेशका विद्यालय, स्वास्थ्य चौकी तथा अन्य सेवा प्रदायक संस्थामा इन्टरनेट नेटवर्किङको काम तत्कालै शुरु हुने बताउँदै “नेटवर्किङ र डिजिटलाइजेसनको काम कर्णालीमा एकैसाथ शुरु हुन्छ, नेटवर्किङ प्रणाली कर्णालीको आजको आवश्यकता हो”, भन्न्ुभयो । शैक्षिक क्षेत्रमा परिवर्तनको आवश्यकता रहेको बताउँदै उहाँले समाज विभाजनको आधारतर्फउन्मुख शिक्षा प्रणालीलाई जनमैत्री बनाइने धारणा व्यक्त गर्नुभयो ।

मन्त्री बाँस्कोटाले भन्नुभयो, “निजी विद्यालयको भौतिक आकर्षणमा अभिभावक लोभिए, अब केही समय कुर्नुस् सामुदायिक विद्यालयमा त्यस्तै देख्दै जानुहुनेछ ।” साुमदायिक विद्यालयमा देखिएका चुनौतीको सामना गर्दै गुणात्मक प्रतिस्पर्धा गरी अगाडि बढ्नुपर्नेमा जोड दिदैं उहाँले सरकारको सामाजिक सुरक्षा योजनामार्फत लाखौँ नेपालीको भविष्य सुरक्षित बनेको विचार व्यक्त गर्नुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “सरकारको यो योजना वृद्धभत्ताभन्दा पनि ठूलो हो, तपाईहरुले विस्तारै बुझ्नुहुनेछ ।” स्वीट्जरल्याण्डको डिगा फाउण्डेशनको सहयोगमा करीब रु एक करोडको लागतमा दुई तले छ कोठे विद्यालय भवन निर्माण भएको सो विद्यालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ३१ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क