२०८२, २९ भाद्र आईतबार

एचआइभी सङ्क्रमणको दर कम हुँदै

एचआइभी सङ्क्रमणको दर कम हुँदै


काठमाडौँ, १५ मङ्सिर : दशकअघि भयावह भनिएको एचआइभी सङ्क्रमण दरमा क्रमशः न्यूनीकरण हुँदै आएको सरकारी तथ्याङ्कले देखाएको छ । सामाजिक सचेतना, उपचार, कण्डम वितरण, दुव्र्यसन न्यूनीकरण, स्वास्थ्य परीक्षण र रोकथामका कार्यक्रमलाई तीव्रता दिएकाले रोगको सङ्क्रमण घटेको हो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुका अनुसार एक दशकको प्र्रयासमा रोगको सङ्क्रमण दर घटेको र रोगप्रति हेर्ने दृष्टिकोणमा समेत परिवर्तन आएको छ ।

“पहिले एचआइभी लागेका मान्छेलाई छिछी र दुरदुरको अवस्था थियो, अहिले सामान्य रोगका रुपमा ग्रहण गर्न थालिनु सकारात्मक हो”, केन्द्रका सूचना अधिकृत वीरबहादुर रावलले भन्नुभयो, “अब एचआइभी मधुमेह र उच्च रक्तचाप जस्तै सामान्य भइसकेको छ ।” सन् २००५ मा नेपालमा सङ्क्रमण दर प्रतिएक हजार पाँच रहेकामा अहिले घटेर प्रतिएक हजार दुईमा झरेको छ । यस्तै लागुपदार्थ दुव्र्यसनी भएकाहरुको अध्ययनमा ६८ प्रतिशतमा सङ्क्रमण थियो अहिले झरेर ८ दशमलव ५ प्रतिशतमा झर्नु महत्वपूर्ण उपलब्धि हो भन्नुहुन्छ, रावल । यौनजन्य क्रियाकलापबाट भने ६ प्रतिशतबाट घटेर १ प्रतिशत सङ्क्रमण दर रहेको जनाइएको छ ।

सरकारी तथ्याङ्कअनुसार हाल नेपालमा २१ हजार १४८ जनामा एचआइभी सङ्क्रमण भएको पाइएको छ । नेपालमा ३१ हजार सङ्क्रमण रहेको अनुमान छ । नखुलेका १० हजारमध्ये सरकारले सन् २०२१ सम्ममा सात हजारलाई खोज्दै छ । सरकारले अहिले सङ्क्रमितको पहिचान गरेर स्वास्थ्य संस्थामा आउने वातावरणका लागि कार्यक्रम सञ्चालन गरेको केन्द्रले जनाएको छ ।

सन् २०१६ देखि २०२१ सम्मका लागि राष्ट्रिय एचआइभी रणनीति अघि सारेको छ । सो रणनीतिअनुसार ३१ हजार २० सङ्क्रमित पहिचान गर्नै लक्ष्य हो । सन् २०२० सम्म २८ हजार पत्ता लगाउने योजना छ । केन्द्रका रावलका अनुसार हालसम्म २१ हजार १४८ पत्ता लागेको र २५ हजारलाई औषधि खुवाउने लक्ष्य रहेकामा १६ हजारलाई औषधि खुवाइसकिएको छ । योजनाअनुसार २३ हजारलाई भाइरस कति छ भनेर जाँच गर्ने लक्ष्यमा सात हजार ५०० को परीक्षण भएको छ । पछिल्लो समयमा सङ्क्रमित खुल्न थालेकाले पनि न्यूनीकरणमा सहयोग पुगेको छ । गत वर्ष सरकारले चार लाखलाई परीक्षण गर्दा एक हजार ७९७ जनालाई एचआइभी देखिएको छ ।

यस्तै लागुपदार्थ दुव्र्यसनीलाई रोगको सङ्क्रमण कम गर्न सुई साटासाट कार्यक्रमसमेत सरकारले चलाएको थियो । एउटै सुई बारम्बार प्रयोग हुनेक्रम रोक्नका लागि शुरु भएको कार्यक्रमअन्तर्गत सात लाख सुई साटिएको छ । समयमै जानकारी भएमा र स्वास्थ्य संस्था पुगेमा आमालाई एचआइभी भए पनि गर्भमा रहेको बच्चामा रोग नलाग्नेसमेत रावलले बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : १४ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि