२०८२, २९ भाद्र आईतबार

प्रदेश नं ३ मा ४४५ एचआइभी सङ्क्रमितको पहिचान

प्रदेश नं ३ मा ४४५ एचआइभी सङ्क्रमितको पहिचान


हेटौँडा, १५ मङ्सिर : प्रदेश नं ३ मा एक वर्षकै अवधिमा ४४५ जना एचआइभी एड्स सङ्क्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र गिरीले सन् २०१७ मा प्रदेश नं ३ मा पुरुष २४१, महिला १८६ र तेस्रोलिङ्गी १८ जना सङ्क्रमित पहिचान भएको जानकारी दिनुभयो ।

अन्य प्रदेशमा भन्दा ३ नं मा एआरटी सेवन गर्ने सङ्क्रमित बढी छन् । यस प्रदेशमा चार हजार ५१२ जनाले नियमित एआरटी सेवन गरिरहेका छन् । “सन् २०१० को तुलनामा २०१७ मा ६१ प्रतिशतले सङ्क्रमण घटेको छ, ६३ प्रतिशत बच्चाहरुमा हुने सङ्क्रमणमा पनि कमी आएको छ”, जनस्वास्थ्य प्रशासक डा गिरीले भन्नुभयो, “एड्सका कारण मृत्यु हुने सङ्ख्या पनि २३ प्रतिशतले कमी आएको छ, यो हाम्रा लागि उपलब्धि हो ।”

स्वास्थ्य निर्देशक डा यदुचन्द्र घिमिरेले सङ्क्रमण अझै घटाउँदै लैजानुका साथै महामारीलाई सन् २०३० सम्म अन्त्य गर्ने लक्ष्य रहेको बताउनुभयो । “नेपाल दिगो विकास लक्ष्यअनुरुप एचआइभी एड्स सङ्क्रमण न्यूनीकरण सबै उपाय अपनाइरहेको छ”, उहाँले भन्नुभयो, “विश्वमा एचआइभी सङ्क्रमणको दर बढ्दै गए पनि नेपालमा वर्षेनी कम हुँदै आएको छ ।” ‘एचआइभी जाँच गराऔँ, आफ्नो अवस्था थाहा पाऔँ’ भन्ने मूल नाराका साथ यस वर्ष आज डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइँदैछ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ७ : २२ बजे

प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् विस्तार : तीन मन्त्रीको टुंगो, भोलि शपथ

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तारको तयारी

जुम्लामा एकै भुसिया कुकुरको आक्रमणबाट,१४ जना घाइते

मुगु । जुम्लाको तातोपानी गाउँपालिकाका चार वडामा एकै भुसिया कुकुरको

सुदन गुरूङले गरेको पत्रकार सम्मेलनमा विवाद र कुटाकुट

काठमाडौं । जेनजीसँग सम्बन्धित विवाद र समसामयिक राजनीतिक विषयमा ‘हामी

सविता भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । नेपालको कानुनी इतिहासमा नयाँ अध्याय थपिँदै वरिष्ठ अधिवक्ता

२४ शवको पोस्टमार्टम सकियो, सात शव पूर्ण रूपमा जलेका

काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु भएका २४ शवको त्रिवि