२०८२, २५ माघ आईतबार

कुकुरले गर्‍यो दर्जनौं पटक रक्तदान

कुकुरले गर्‍यो दर्जनौं पटक रक्तदान


काठमाडौँ, मंसिर १५ : मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ । कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ ।

ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ । हाल सेन्टरको संरक्षणमा रहेको उक्त कुकुरको नाम कोपिला हो । कोपिला तीन वर्ष अघि काठमाडौंँको स्वयंभु क्षेत्रमा विरामी अबस्थामा फेला परेको थियो । कसैले घरमा पालेको र पछि राम्रो हेरचाह नभएका कारण शरीरभरि तुतो फैलिए पछि सडकमा छाडिएको थियो ।

स्नेहा कियर सेन्टरीका संस्थापिक स्नेहा श्रेष्ठका अनुसार दुई महिनाको उपचार पछि कोपिला ठीक भई । अहिले धेरैले कोपिलालाई ‘एडप्ट’ गर्न आग्रह गरे पनि उहाँले दिनु भएको छैन । स्नेहा सेन्टरमा रहेका झण्डै १७० वटा कुकुर मध्ये कोपिला सहित चार वटा कुकुरले रक्तदान गर्ने गरेका छन् । रक्तदान गर्ने कुकुर निरोगी हुनु पर्छ । जुनपायो त्यही कुकुरले रक्त दान गर्न सक्दैनन् । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ५७ बजे

महिला उठ्यो भने राष्ट्र उठ्छ : उम्मेदवार अमित लामा

 काठमाडौं । काभ्रेको बृहत् महिला भेलामा नेकपा एमालेका केन्द्रीय सदस्य

एमालेविनै संसद बनाउन खोजिएको षडयन्त्र असफल हुने : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र नं २

पूर्वप्रधानमन्त्री ओलीको गाउँ भ्रमणमा स्थानीयले उठाए सम्पदा जलेको विषयमा प्रश्न

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली

राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले बिदाइ सम्बोधन गर्ने

काठमाडौ । राष्ट्रिय सभामा कार्यकाल सकिएका सांसदहरूले सोमबारदेखि बिदाइ सम्बोधन

टी-२० विश्वकप क्रिकेट : आज नेपाल इङ्ल्यान्डसँग भिड्दै

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेटअन्तर्गत आज नेपाली राष्ट्रिय