२०८२, २ माघ शुक्रबार

कुकुरले गर्‍यो दर्जनौं पटक रक्तदान

कुकुरले गर्‍यो दर्जनौं पटक रक्तदान


काठमाडौँ, मंसिर १५ : मानिसले त एकसय पटक भन्दा बढी समय रक्तदान गरेको समाचार आउने गर्छ तर ककुरले पनि दर्जनौं पटक रक्तदान गरेर धेरैको ज्यान बचाएको सुन्दा अचम्म लाग्न सक्छ । कुकरको मानिसको जस्तो रक्त समूह हुँदैन । त्यसैले एउटा कुकरको रगत पहिलो पटक दिँदा प्रायः अर्को कुकरलाई मिल्छ, त्यसले गर्दा कुकुरलाई पनि रगत दिने गरिन्छ ।

ललितपुरका भैंसेपाटीस्थित स्नेहा कियर सेन्टरमा रहेको एक जर्मन सेफर्ड पोथी ककुरले तीन वर्षको अवधिमा दर्जनौं पटक रक्तदान गरेर धेरै कुकुरको ज्यान बचाएको छ । हाल सेन्टरको संरक्षणमा रहेको उक्त कुकुरको नाम कोपिला हो । कोपिला तीन वर्ष अघि काठमाडौंँको स्वयंभु क्षेत्रमा विरामी अबस्थामा फेला परेको थियो । कसैले घरमा पालेको र पछि राम्रो हेरचाह नभएका कारण शरीरभरि तुतो फैलिए पछि सडकमा छाडिएको थियो ।

स्नेहा कियर सेन्टरीका संस्थापिक स्नेहा श्रेष्ठका अनुसार दुई महिनाको उपचार पछि कोपिला ठीक भई । अहिले धेरैले कोपिलालाई ‘एडप्ट’ गर्न आग्रह गरे पनि उहाँले दिनु भएको छैन । स्नेहा सेन्टरमा रहेका झण्डै १७० वटा कुकुर मध्ये कोपिला सहित चार वटा कुकुरले रक्तदान गर्ने गरेका छन् । रक्तदान गर्ने कुकुर निरोगी हुनु पर्छ । जुनपायो त्यही कुकुरले रक्त दान गर्न सक्दैनन् । याे खबर अाजकाे गाेरखापत्र दैनिकले छापेकाे छ ।

प्रकाशित मिति : २०७५, १५ मंसिर शनिबार  ६ : ५७ बजे

निर्वाचन आयोगबाट कांग्रेसको गगन–विश्व समूहलाई औपचारिक मान्यता

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई कानून र

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति